Comments Add Comment

मन्दिरको गोप्य भान्सा, जहाँ हरेक दिन बन्छन् ३ लाख लड्डु

तिरुपति बालाजीको मन्दिर भारतका चर्चित मन्दिरहरु मध्येको एक हो । दैनिक हजारौंको संख्यामा भक्तजनहरु उक्त मन्दिरमा आउँछन् ।

आन्ध्र प्रदेशको चित्तुर जिल्लामा रहेको यो मन्दिर द्रविड स्थापत्य शैलीको उत्कृष्ट नमूना मानिन्छ । यो मन्दिर भारतका सबैभन्दा धनी मन्दिर मध्येमा पनि पर्दछ ।

रहस्यले भरिएको यो मन्दिरको एउटा अर्को रहस्य पनि छ, यसको भान्सा । मन्दिरको गोप्य भान्सामा हरेक दिन ३ लाख लड्डु तयार गरिन्छ । लड्डु बनाउनका लागि पारम्परिक विधिको प्रयोग हुन्छ । विशेष कालिगढहरुले लड्डु तयार पार्दछन् ।

उक्त गोप्य भान्सामा भान्छे, कालिगढ तथा केही पुजारी बाहेकलाई जान निषेध छ । उक्त गोप्य भान्सालाई पोटू भनिन्छ ।

बेसन, किसमिस, नौनीघिउ, काजू आदिबाट बनाउने हरेक लड्डुको तौल १७४ ग्राम हुन्छ । प्रसादको रुपमा दर्शनार्थीलाई समेत सोही लड्डु वितरण हुने गर्दछ ।

दर्शनार्थीका लागि प्रतिगोटा १० देखि २५ भारुसम्ममा लड्डु उपलब्ध गराइन्छ । तर यसरी लड्डु खरीद गर्नका लागि लामो लाइनमा घण्टौंसम्म उभिनुपर्दछ । सुरुमा सुरक्षा कोड तथा बायोमेटि्रक विवरण सहितको टोकन लिनुपर्दछ र त्यसपछि लाइनमा उभिनुपर्दछ ।

तिरुपति बालाजी मन्दिका यी लड्डुको इतिहास ३ सय वर्ष पूरानो छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment