Comments Add Comment

‘सञ्जु’ले एकै दिन कमायो ४७ करोड, तोडियो बाहुवली २ को रेकर्ड


बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर कपुर ।
लगातार असफल चलचित्र दिएपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ ।

यो चलचित्रले ३ दिनमै १ सय करोडको आँकडा पार गरेको छ । शुक्रबार ३४.७१ करोड कमाई गरेको यो चलचित्रले शनिबार ३८.६० करोड कमाई गरेको थियो । तर, आइतबार यो चलचित्रले आक्रामक कमाई गरेको छ । आइतबार चलचित्रले ४६.७१ करोड कमाई गर्दै ३ दिनमै १२०.०६ करोड कमाई गरेको हो ।

यसअघि चलचित्र ‘टाइगर जिन्दा हे’ले ३ दिनमा ११४.९३ करोड कमाई गरेको थियो । सलमान खानको रेकर्डलाई तोड्दै रणवीर कपुरले नयाँ रेकर्ड बनाएका छन् ।

यस्तै, रणवीरको यो चलचित्रले एक दिनमै सर्वाधिक कमाई गर्ने रेकर्ड समेत राखेको छ । यो चलचित्रले आइतबार ४६.७१ करोड कमाई गर्दै नयाँ रेकर्ड बनाएको हो । चलचित्र ‘बाहुवली २’ले हिन्दी भाषामा एक दिनमा ४६.५० करोड कमाई गरेको थियो ।

राजकुमार हिरानीको निर्देशनमा तयार भएको यो चलचित्रमा संजय दत्तको जीवनी देखाइएको छ । रणवीर कपुरले संजय दत्तको जीवन बाँचेका छन् । चलचित्रले ३ सय करोडको आँकडा सजिलै पार गर्ने देखिएको छ ।

रणवीर कपुरको सबैभन्दा धेरै कमाई गर्ने चलचित्रको सूचीमा ‘सञ्जु’ पर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment