Comments Add Comment

गधा सुन्दरी प्रतियोगिता !


नेपालमा हात्ती सुन्दरी प्रतियोगिता वर्षेनी हुँदै आएको छ । हालै भैँसी सुन्दरी प्रतियोगिता पनि भएको समाचार आएको थियो । उता ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा गधा सुन्दरी प्रतियोगिता भएको छ ।

अमासिजोस नामक गधाले यस पटकको सुन्दरी प्रतियोगिता जितेको छ । १४ वर्षदेखि त्यहाँको मोनिक्विरा सहरमा हुँदै आएको उक्त वार्षिक गधा महोत्सव अन्तर्गत आयोजित गधा सुन्दरी प्रतियोगितामा स्थानीय महिलाको मौलिक परिहनमा सजिएको उक्त गधाले उपाधि जितेको छ ।

आर्काबुको सहरका अल्भारो लोपेजले पालेको उक्त गधाको जिउमा कलात्मक कपडाका साथै लामा लामा रौँ, भुत्ले आखिभौँले धेरैको ध्यान तानेको थियो । अन्ततः अन्य ५९ जना प्रतिस्पर्धी गधालाई पछि पार्दै अमासिजोसले गधा सुन्दरीको उपाधि जित्यो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment