Comments Add Comment

ट्वाइलेटमा किन हुन्छन् सानो र ठूलो फ्लस बटन ? कारण यस्तो छ

यदि तपाइँले ट्वाइलेटको फ्लस बटनका बारेमा ध्यान दिनुभएको छ भने थाहै छ होला कि फ्लसमा दुईवटा बटन हुन्छन् । आखिर दुबै बटनको काम पानी फ्लस गर्नु हो भने आखिर एउटाले काम चल्ने ठाउँमा किन दुईवटा चाहियो ?

यसको इतिहास छ । दुईवटा फ्लसको अवधारणा अमेरिकाका औद्योगिक डिजाइनर भिक्टर पापानेकले गरेका थिए । उनले सन् १९७६ मा आफ्नो किताब डिजाइन फर द रियल वल्र्डमा यसको अवधारणा पहिलोपटक ल्याएका हुन् । समयसँगै प्रविधिले फड्को मारेको छ र उनको अवधारणाले मूर्तरुप लिएको छ ।

डुअल फ्लसमा एउटा सानो र अर्को ठूलो आकारको बटन हुन्छ । यी दुबै बटनको फरक फरक एक्जिट भल्ब हुन्छ र पानीको लेभल पनि दुबैको फरक फरक हुन्छ ।

यी दुईमध्ये सानो चाहीँ बटन थिच्दा अधिकतम साढे तिन देखि चार लिटर सम्म पानी रिलिज हुन्छ । त्यस्तै ठूलो बटन थिच्दा ६ देखि ९ लिटरसम्म पानी ट्वाइलेटमा फ्लस हुन्छ । अर्थात् पिसाब बगाउनका लागि सानो बटन तथा दिसा लगायतका ठोस फोहोर बगाउनका लागि ठूलो बटन थिचेर फ्लस गर्दा उपयुक्त परिमाणमा पानीको खर्च हुन्छ । यसबाट आवश्यकता भन्दा बढि वा कम पानी खर्च हुने अवस्था रहँदैन ।

विज्ञहरुका अनुसार यदि यो नियम पालना गर्नेहो भने एउटा परिवारको ट्वाइलेटमा वार्षिक २० हजार लिटर पानी बचत हुन्छ । यसले पानीको उचित प्रयोग वा व्यवस्थापन हुनेमात्र होइन पानीको महसूल पनि कम तिर्नुपर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment