Comments Add Comment

५२ कम्पनीलाई डाटा दिएको फेसबुकको खुलासा


प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।

चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो ।

अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा वाणिज्य समितिका प्रश्नको जवाफ दिने क्रममा फेसबुकले यस्तो बताएको हो ।

संसदीय समितिले उठाएको प्रश्नहरुको ७ सय ४७ पेज लामो जवाफ फेसबुकले पेश गरेको छ ।

ती ५२ मध्ये ३८ कम्पनीसँगको सहकार्य यसअघि नै तोडिसकिएको पनि फेसबुकले प्रष्ट पारेको छ । त्यस्तै अन्य सातवटा कम्पनीसँगको सहकार्य यहीँ जुलाई महिनामा सकिने र अक्टोबर महिनामा अर्को एक कम्पनीसँगको साझेदारी पनि समाप्त हुने फेसबुकले जनाएको छ ।

तर एप्पल, अमेजन तथा टोबी ल्गायतका कम्पनीसँगको साझेदारी चाहीँ अक्टोबर पछि पनि जारी रहने फेसबुकको भनाई छ ।

फेसबुकले भनेको छ की सन् २०१४ मा साझेदारी सम्बन्धी कडा नियन्त्रण लागू गरेसँगै तेश्रो पक्ष तथा एप डेभलपरलाई नयाँ नियमको पालना गर्नका लागि एक वर्षको समय दिइएको थियो ।

फेसबुकले विभिन्न ६१ कम्पनीलाई डाटा स्टोर गर्नबाट रोक्नका लागि ६ महिनाको अतिरिक्त समय पनि दिएको थियो ।

अमेरिकी संघीय व्यापार आयोगले तय गरेका नियम विपरित फेसबुकले प्रयोगकर्ताका डाटा विभिन्न कम्पनीहरुसँग शेयर गरेको आरोप लागिरहेका बेला फेसबुले भने आफुले आदेश उल्लंघन नगरेको दाबी गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment