Comments Add Comment

विपद् व्यवस्थापन समितिलाई रेडक्रसद्वारा उद्दार सामग्री सहयोग

१९ असार, कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढीका बेला खोज तथा उद्धार गर्न प्रयोग हुने सामग्रीहरु जिल्ला विपद् व्यवस्थापन समिति कैलालीलाई हस्तान्तरण गरेको छ ।

विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममार्फत रेडक्रसले एक वटा रबरबोटसहित लाइफ ज्याकेट लगायतका सामग्री समितिलाई हस्तान्तरण गरेको हो ।

रेडक्रस कैलालीका सभापति उत्तम जोशीले समितिका अध्यक्ष एवम् कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टलाई सो सामग्री हस्तान्तरण गरेका हुन ।

कैलालीमा विपद् उद्धारका सामग्री अभाव रहेको बेलामा प्राप्त सहयोगले उद्धार कार्यमा सहयोग पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।

करिब ७ लाख मूल्य बराबरका सामग्री रेडक्रसले हस्तान्तरण गरेको छ । जसमा रबर बोटसँगै आठवटा लाइफ ज्याकेट, दुई वटा लाइफब्वाय, तीन थान नाइलन डोरी, दुई थान मेगा फोन, छ वटा प्याडल रहेका छन् ।

हस्तान्तरण गरिएको सामग्रीहरु जिल्ला आपतकालिन कार्य सञ्चालन केन्ऽको मातहतमा रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment