Comments Add Comment

इडिसन काभानी

उरुग्वेका स्टार स्ट्राइकर इडिसन काभानी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन  (पीएसजी) बाट क्लब फुटबल खेल्छन् ।

उनले गएको सिजन पीएसजीबाट खेलेका ४८ खेलमा ४० गोल गरेका थिए । विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा पनि उनले १५ खेलमा १० गोल गरेका थिए । एक गोलका लागि अवसर बनाएका थिए ।

३१ वर्षका उनले रसिया विश्वकपमा पनि राम्रो खेल देखाइरहेका छन् । यसपटक विश्वकपका चार खेलमा उनले तीन गोल गरिसकेका छन् ।
सन् २००८ देखि उरुग्वे राष्ट्रिय टिममा रहेका उनले १ सय ५ खेलमा ४५ गोल गरिसकेका छन् ।

पोर्चुगलविरुद्धको अन्तिम १६ को खेलमा घाइते भएका उनी विश्वकप क्वार्टरफाइनल खेलमा ठीक हुने र मैदान फर्कने आशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment