Comments Add Comment

इडन हाजार्ड

तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् ।

विश्व फुटबलकै उत्कृष्ट फरवार्ड उनले बेल्जियम टिममा पनि राम्रो प्रभाव पारेका छन् । बेल्जियमलाई विश्वकपसम्म लैजाँदा उनले ६ गोल गरेका थिए । साथै पाँच गोलको अवसर सिर्जना गरेका थिए ।

विश्वकप क्वार्टरफाइनलसम्म बेल्जियम टिमलाई लैजान पनि उनको भूमिका प्रमुख छ । चार खेलमा उनले दुई गोल गरेका छन् भने दुई गोलका लागि अवसर बनाएका छन् ।

सन् २००८ देखि बेल्जियम टिममा रहेका उनले ८७ खेलमा २३ गोल गरेका छन् । क्लब फुटबलमा इंग्लिस क्लब चेल्सीबाट प्रभाव जमाइरहेका उनको खेल रसिया विश्वकपमा पनि झनै उत्कृष्ट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment