Comments Add Comment

जापानको खेल मात्रै होइन, व्यवहार पनि राम्रो !

१९ असार, काठमाडौं । विश्वकपमा जापानी समर्थकले हरेक खेलपछि आफू बसेको प्याराफिट सफा गरेर सकारात्मक सन्देश दिइरहेका बेला खेलाडीहरुले पनि खेलबाट मात्रै होइन, व्यवहारबाट पनि मन जितेका छन् ।

विश्वकपमा अन्तिम १६ को खेलमा बेल्जियमसँग ३-२ ले पराजित भएपछि जापानी खेलाडीले आफूले प्रयोग गरेको डे्रसिङ रुम सफा गरेका छन् । साथै उनीहरुले रसियन भाषामा नै धन्यबाद लेखेर सबैमा आभार प्रकट गरेका छन् ।

विश्वकपमा नकआउट खेल कहिल्यै नजितेको जापान सोमबार राति २-० को अग्रता बनाउँदा पनि ३ गोल खाएर हार्न पुग्यो । त्यस्तो अवस्थामा पनि जापानी समर्थकले आँसु झार्दै प्याराफिट सफा गरिरहेका थिए ।

साथै खेलाडीहरु पनि दुःखद हारबाट गुजि्ररहेका बेला आफूले प्रयोग गरेको डे्रसिङ रुम सफा गरेर मात्रै होटलमा गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment