Comments Add Comment

कर्णाली नदीमा पानीको बहाब बढेपछि आसपासका नागरिक त्रसित

१९ असार, कैलाली । दुईदिनदेखि लगातार परेको वर्षाले पानीको सतह बढेपछि कर्णाली आसपासका स्थानीयहरु त्रसित भएका छन् ।

विहानभन्दा केही मात्रामा पानीको सतह घट्दै गएपनि पहाडी क्षेत्रमा वर्षा नरोकिएका कारण सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाइएको छ ।

तीन दिनदेखिको वर्षाका कारण कर्णाली नदीमा पानीको सतक बढ्ढै जादा बर्दिया र कैलाली जिल्लाका नागरिक त्रसित भएका हुन ।

हाल कणर्ाली नदीमा पानीको सतह ७ मीटर २४ सेन्टिमिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्रकुमार खत्रीले जानकारी दिए ।

उनले कणर्ाली नदीमा १० मिटरभन्दा माथि पानीको सतह पुगेपछि मात्रै खतरा हुने हुँदा आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । यद्यपि सतर्क रहन सबैलाई जानकारी गराइएको उनको भनाइ छ ।

कणर्ाली नदीमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु बर्दियाको पाताभार, भुर्गहवा, दौलतपुर र कैलालीको जानकी गाउँपालिका र टिकापुर नगरपालिकका केही स्थानहरुमा डुबानको खतरा रहेको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए ।

त्यस्तै शसस्त्र प्रहरी बेसक्याम डुडेझारीले समेत आफनो उद्दार टिमलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बेसक्याम डुडेझारीका शसस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर रावलले बताए । उनले प्रभावित क्षेत्रमा सुरक्षाकर्मिहरु परिचालनका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

विगतका वर्षहरुदेखि कर्णाली नदी लगायत अन्य नदीहरुमा पानीको सतह बढेपछि साइरन र मोबाइलमा म्यासेज आउने प्रविधिका कारण मानवीय क्षति भने न्यून हुदै आएको छ । अहिले सो क्षेत्रमा जल मापन केन्द्र चिसापानीकी गेज रिडर पार्वती गुरुङ्ग तैनाथ अवस्थामा रहेकी छन् ।

पानीको सतह ९ मिटर पुगेपछि सर्तक रहन जानकारी गराउन आफू विहानैदेखि यसै क्षेत्रमा रहेको गुरुङ्गले बताइन् ।

उनले पानीको सतह ९ मिटर भन्दामाथि पुगेपछि जिल्ला प्रशासन कार्यालय कैलाली, इलाका प्रशासन कार्यालय टिकापुर लगायत सरोकारवालाहरुको मोवाइलमा म्यासेज पठाउने गरेको बताइन् ।

त्यहीँ म्यासेजको आधारमा बाढीपीडित क्षेत्रका स्थानीयहरुलाई सतर्क रहन आहृवान गरिने गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment