Comments Add Comment

बेल्जियमको स्वर्णिम पुस्ता, विश्वकप नै जिताउला ?

१९ असार, काठमाडौं । फुटबलमा यो पुस्तालाई बेल्जियमको स्वर्णिम पुस्ता मानिएको छ । पहिलोपल्ट हामीले पनि देख्यौं किन यो पुस्तालाई बेल्जियम फुटबलको स्वणिर्म पुस्ता मानिएको रहेछ ।

विश्वकपको नकआउट चरणमा सोमबार रातिको खेलमा जापानसँग २-० ले पछि परेको स्थिति उल्ट्याउँदै रेड डेभिल्सले अभूतपूर्व कमब्याक गर्‍यो । अन्तिम २१ मिनेटभित्र तीन गोल गर्दै क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने पक्का बनायो ।

मार्च २०१६ मा बेल्जियम पहिलोपटक फिफा विश्व वरियतामा शीर्षस्थानमा उक्लिएको थियो । त्यसको चार महिनापछि युरोकपको क्वार्टरफाइनलमा वेल्ससँग पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो ।

यो अर्को एक प्रतियोगिता थियो जसमा उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन् । त्यसको ठ्याक्कै दुई वर्ष अगाडि पनि उनीहरु विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनाबाट पराजित भएका थिए ।

तर, के प्रिमियर लिग जितिसकेका धेरै खेलाडीहरु रहेको अहिलेको बेल्जियमको टिमले देशलाई ठूलो उपाधी दिलाउला ?

सोमबार जापानविरुद्ध खेलेका १३ खेलाडीहरु सन् १९७० पछि विश्वकपको नकआउट चरणमा २-० ले पछाडि रहेको स्थिति उल्ट्याएर खेल जित्ने पहिलो टिम बनेका छन् । जसमा ३२ वर्षका भिन्सेन्ट कोम्पनीको साथमा ३१ वर्षका खेलाडीद्वय ड्रायस मर्टेन्स र जान भेट्रोगानसमेत छन् ।

कोम्पनी, गोलकिपर थिबाउट कोर्टिएस, केभिन डे ब्रायन र इडेन हाजार्डले जितेको पि्रमियर लिगको सङ्ख्या जोड्ने हो भने आठ पुग्छ ।
के रोबर्टो मार्टिनेजको टिममा ठूला नाम भएका खेलाडीहरुले रसियामा त्यसै अनुरुप प्रदर्शन गर्लान् ?

‘बेल्जियममा भरोसा छ र त्यो शक्तिशाली छ’

बेल्जियम विश्वकपको फाइनल खेलबाट दुई जीत मात्रै टाढा छन् । यो कुरा जब जापानका ताकारी इनुइले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई जाली चुमाउँदै २ गोलले अग्रता दिलाउँदा धेरै टाढाको सपना जस्तो देखिएको थियो ।

पछि भेट्रोगानले कमब्याकको सुरुवात गरे र माउरोने फेलानीले बराबरी गरे । त्यसपछि खेलको अन्तिम मिनेट अर्थात ९४ औं मिनेटमा सब्टि्च्युट नासेर चाड्लीले गोल गर्दै बेल्जियमलाई क्वार्टरफाइनलमा प्रवेश गराए ।

इंग्ल्याण्डका पूर्वरक्षक रियो फर्डिनान्डका अनुसार बेल्जियमले अब क्वार्टरफाइनलमा पाँचपटकको विश्व विजेता ब्राजिलसँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्नेछ ।

‘मलाई लाग्छ यो टिमको मानसिकतामाथि प्रश्न गरिएको थियो,’ उनले भने, ‘जसले अहिले भरोसा दिलाएको छ र यो हुनैपर्ने शक्तिशाली कुरा हो ।’

यस्तै इंग्ल्याण्डका पूर्व क्याप्टेन एलन सिएररले मार्टिनेजको प्रशंसा गर्दै भने, मार्टिनेज र उनका खेलाडीहरुमाथि दोस्रो हाफमा गम्भीर प्रश्नहरु उठाइएको थियो र केही गर्नुपर्ने अवस्थामा उनीहरुले त्यो कुरा गरेर देखाए ।’

यो जीत बेल्जियमका सबैलाई हो’

बेल्जियमले आफ्नो विश्वकपको नकआउट राउण्डको १२ खेलमा एउटा पनि क्लिन सिट राखेको छैन र २८ गोल खाएको छ ।

तर, मार्टिनेजले उनीहरुको सोमबारको उल्लेखनीय जीतपछि उनीहरुको सकारात्मक पक्षमा मात्रै ध्यान दिनेछन् ।

‘कुनै पनि नकारात्मक कुराहरुमा म विश्वास गर्दिन,’ उनले भने, ‘अगाडि बढ्नुपर्ने थियो र हामीले त्यो गर्यौं । आज यो टिमका खेलाडीहरुले गर्व गर्ने दिन हो ।’

‘यो जीत बेल्जियमका सबैलाई हो । तपाईंहरुको साथको लागि धन्यवाद र हामीलाई विश्वास गर्दै जानुहोला’ उनले भने ।

के यो जीतको संकेत हो ?

बेल्जियमको अविश्वसनीय कमब्याक यो प्रतियोगिताकै एक रोमाञ्चक क्षण थियो । डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाट बाहिरियो भने अन्य हेभिवेट टिमहरु स्पेन, अर्जेन्टिना र पोर्चुगल पनि घर फर्किसके ।

‘यो अहिलेसम्मकै अचम्मको विश्वकप हो,’ चेल्सीका पूर्व स्ट्राइकर क्रिस सटनले भने, ‘बेल्जियमले उत्कृष्ट खेले, २-० ले तल परेर बाहिरिने स्थितिमा यस्तो कमब्याक गर्नु के यो च्याम्पियनको संकेत हो ?’

ब्राजिल र बेल्जियमबीचको खेल किन रोमाञ्चक हुनेछ ?

शुक्रबार काजानमा हुने क्वार्टरफाइनल खेल विश्वकपको अर्को एक रोमाञ्चक खेल हुने छ । फिफाको बरियतामा ब्राजिल र बेल्जियम जर्मनी पछि क्रमशः दुई र तीन नम्बरमा रहेका छन् ।

प्रतियोगिता पूर्व नै सबैले दाबेदार मानेको ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकियो भने कोस्टारिकालाई जित्न उसलाई धेरै गाह्रो भयो तर, उनीहरुले प्रिक्वार्टरफाइनलमा मेक्सिकोसँग भने दोस्रो हाफमा उत्कृष्ट खेल खेले ।

मार्टिनेजले भने, ‘जब तपाई ब्राजिलको विरुद्धमा खेल्दै हुनुहुन्छ तपाईले प्रतियोगिताकै उत्कृष्ट टिमसँग खेल्दै हुनुहुन्छ भन्ने बुझ्नपर्छ ।’

‘तपाईसँग कसरी नेइमार र फिलिप कोउटिन्हो जस्ता खेलाडीसँग खेल्ने भन्ने प्रष्ट भिजन हुनुपर्छ किनभने उनीहरुले एक सेकेण्डमै खेल परिवर्तन गरिदिन सक्छन्’ उनले भने ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment