Comments Add Comment

दरबारमार्ग र ठमेलमा सक्रिय ‘डन’ सपन समातिए

१९ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरले दरबारमार्ग र ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न भएको अभियोगमा सपन भनिने विमल लुङ्गेली मगरलाई पक्राउ गरेको छ ।

परिसर मातहतको प्रहरी वृत्त, दरबारमार्गले उनलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले तपनलाई पक्राउ गरिएको पुष्टि गरे । रामेछाप घर भइ हाल नयाँ बजार बस्दै आएका मगरले दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायीलाई डर, त्रास देखाएर असुली गर्दै आएको देखिएको पोखरेलको भनाइ छ ।

उनीमाथि मंगलबार सार्वजनिक अपराध मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment