Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

सिंहदरबारमै असारे विकास, भलमा बगाउँदा समेत खर्च नहुने भो १ खर्ब १ अर्ब रूपैयाँ


२० असार, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु विविध सामग्रीहरुले भरिएका छन् । कुनैले असारे विकासको प्रवृत्तिमाथि चिरफार गरेका छन् भने केहीले बाढी र पहिरोपछिको कष्टप्रद जनजीवनबारे लेखेका छन् ।

कान्तिपुर दैनिकले आज वर्षाले कर्णाली राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरु तीन दिनदेखि अलपत्र परेकोलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ । कान्तिपुरमै नारायणगढ–मुग्लिन सडक विस्तारको अर्को खबर पनि छ । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको समाचारमा उल्लेख छ । संसदले दाताको सहयोग नलिनेलाई कान्तिपुरले एंकर बनाएको छ ।

अन्नपूर्णको आँखा नदीजन्य पदार्थको दोहनमाथि परेको छ । उसले धादिङका अधिकांश बालुवाखानी र क्रसर उद्योगमा नेकपा र कांग्रेसका स्थानीय तथा जनप्रतिनिधिहरुकै लगानी रहेको खुलासा गरेको छ । समाचार अनुसार धादिङमा हाल दर्ता भएका ५० क्रसर उद्योग छन् । तीमध्ये हाल ३३ सञ्चालनमा छन् । जिल्लाभर दर्ता भएका बालुवा प्रशोधन केन्द्रको संख्या भने ८१ छ ।

‘सिंहदरबारमै असारे विकास’ शीर्षक दिएर नयाँ पत्रिकाले विकास खर्चको दुःखद् तस्वीर आज प्रस्तुत गरेको छ ।

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको तर उपचारमा प्रशासनले बेवास्था गरेकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमै समेटेको छ ।

डा. केसीको उपचारमा प्रशासन बाधक बनेकोलाई मुख्य समाचार बनाएको नागरिकले प्रदेश २ को प्रहरी ऐनप्रति नेपाल प्रहरीले आपत्ति जनाएको, गंगामायाबारे राष्ट्रपतिले चासो राखेको लगायत समाचार लेखेको छ ।

बूढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई दिने तयारी


सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

कारोबार दैनिकका अनुसार, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन हुने जानकारी दिएका छन् । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने बताए ।

१२ सय मेगावाट क्षमताको यो जलाशययुक्त आयोजना विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो । दाहाल नेतृत्वको सरकार कामचलाउ भइसकेपछि गरिएको यस्तो निर्णयको सर्वत्र विरोधपछि संसदीय समितिको निर्देशनपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।

सिंहदरबारमै असारे विकास

आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु, सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ ।

समाचार अनुसार पुँजीगत अर्थात् विकास खर्चको अवस्था दयनीय छ । गत वैशाखसम्म अर्थात् १० महिनामा १ खर्ब ३५ अर्ब अर्थात् ४० प्रतिशत मात्रै विकास खर्च हुन सकेको छ । जेठ महिना र असार मध्यसम्म गरी डेढ महिनामा भएको खर्च ४५ अर्ब अर्थात् १३.५ प्रतिशत छ । नयाँ पत्रिका लेख्छ– अब जति हतपत गर्दा पनि खर्च नुहने बजेट १ खर्ब १ अर्ब अर्थात ३० प्रतिशत छ ।

संसदले दाताको सहयोग नलिने

संसद् सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक सहयोग लेनदेनको सम्झौता नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भएपछि संसद् सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको कान्तिपुरमा समाचार छ ।

संसदमा ०६४ यता दातृ निकायको प्रवेश भएको थियो । कार्पेट पर्दादेखि सांसदले बोल्ने माइकसमेत दाताकै सहयोगमा जुटाइएको छ । अब भने संसदले दाताको कुनै पनि सहयोग लिने छैन ।

भौगर्भिक अध्ययनै नगरी नारायणगढ–मुग्लिन सडक स्तरोन्नति

फाइल फोटो

स्तरोन्नतिका क्रममा विस्तृत भौगार्भिक अध्ययन नगराउँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविदहरुले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति शुरु भएसँगै पहिरोको जोखिम बढेको हो ।

‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएर मात्र स्तरोन्नति गर्नपथ्र्यो’, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले कान्तिपुरसँग भनेका छन्, ‘इन्जिनियरहरुले मात्र डिजाइन गरे, बिना अध्ययन निर्माण थालिएकाले यो समस्या आएको हो । उनले यो पहिरोले अझै ५–७ वर्ष दुःख दिन सक्ने औंल्याएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment