Comments Add Comment

परस्त्रीसँग सल्किने लोग्नेको छिनालियो यौनांग


लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् । तर यो झगडा कहिलेकाहीँ यति सल्किँदो रहेछ कि यसले निकै डरलाग्दो रुप लिन्छ, जुन कल्पना गर्न पनि सकिँदैन ।

लोग्नेस्वास्नीबीच झैझगडा, कुटाकुट भएका खबर त हाम्रो समाजमा पनि आइरहन्छन् । उता थाइल्याण्डमा चाहिँ एकजना महिलाले आफ्नो पतिको लिंग छिनालिदिएकी छन् । लोग्नेको लिंग छिनालिदिनुको कारण पनि रोचक नै छ । वास्तवमा उनको लोग्नेको परस्त्रीसँग अवैध सम्बन्ध रहेछ । सोही कुरा थाहा पाएपछि रिसले चूर भएकी ती महिलाले धारिलो चक्कुले प्रहार गरी लोग्नेको यौनांग च्वाट्टै पारिदिइन् । अनि काटेको लिंगको टुक्रा झ्याल बाहिर फ्याँकिदिइन् ।

समाचार अनुसार लोग्नेको लिंग छिनाउने महिला २४ वर्षीया करुण सनुसन हुन् । उनी आफैंले पुलिस समक्ष अपराध स्विकार गरेकी छन् । लोग्नेको परस्त्रीसँगको सम्बन्ध थाहा पाएपछि आफूले रिस थाम्न नसकेको र आक्रमणमा उत्रिएको उनले बताइन् ।

४० वर्षीय पति सिरिपनलाई रातमा सुतेको बेला उत्तेजित बनाएर १२ इन्च लामो चक्कुले यौनांग काटिदिएको उनले बताएकी छिन् । त्यसपछि उनले काटेको लिंग कसैले नभेटोस् भनेर टुक्रालाई कोठाको झ्यालबाट बाहिर फ्याँकिन् । सिरिपन रगतले लतपतिएर कोठामै लडिरहेका थिए । उनको चिच्याहट सुनेर छिमेकीहरुले तत्कालै पुलिसलाई खबर गरे ।

पुलिस तत्कालै आएर लिंग काटिएका व्यक्तिको उद्दार गरी महिलालार्य पक्राउ गर्यो । काटेर फ्याँकिएको लिंगको टुक्रा खोजेर बरफको डिब्बामा राखेर विरामीलाई अस्पताल लगियो । तर डाक्टरहरुले छिनालिएको लिंग पुनः जोड्न असम्भव रहेको बताएका छन् । उनको अहिले पनि अस्पतालमा उपचार चलिरहेको बताइएको छ । लोग्नेको लिंग छिनाल्ने महिला पुलिस हिरासतमा छिन्।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment