Comments Add Comment

आउँदैछ अनौठो स्मार्टफोन, जसमा हुनेछ ९ लेन्सको क्यामरा

वावेले आफ्नो पी २० प्रो स्मार्टफोनमा तीनवटा लेन्सयुक्त क्यामरा राखेको छ । तर अब वावेको पी २० प्रो भन्दा निकै अगाडि बढेर एउटा कम्पनीले ९ वटा लेन्सयुक्त क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ ।

लाइन नामक एक स्टार्टअप कम्पनीले ९ लेन्सयुक्त क्यामरा सेटअप भएको स्मार्टफोन लञ्च गर्ने जानकारी गराएको छ ।

स्मरणरहोस्, यसअघि यो कम्पनीले १६ लेन्सयुक्त क्यामरा प्रणाली प्रदर्शन गरेर चर्चा बटुलेको थियो ।

अहिलेसम्म हामीले स्मार्टफोनमा दुई वा तिन लेन्सवाला क्यामरा सेटअप मात्र देखेका छौँ । यहाँनेर सबैभन्दा टड्कारो प्रश्न नै आखिर स्मार्टफोनको मुख्य क्यामराको आसपासमा नौ वटा लेन्सलाई कस्तो प्रकारले राखिन्छ भन्ने हो ।

प्रोटोटाइप डिभाइसबाट यो खुलासा भएको छ कि क्यामराको वरिपरि वृत्ताकार तरिकाले सोलार सिस्टममा जस्ते गरी लेन्सहरु रहनेछन् । लेन्सको साइज फरक फक हुनेछ ।

कसरी गर्दछ काम ?

सबै ९ वटा लेन्सहरु कुनै पनि वस्तुसँग सम्बन्धित जानकारी तथा विशेषताहरु क्याप्चर गर्नमा प्रयोग हुनेछन् । यसमा लाइटिंग, डेप्थ, रङलगायतका विशेषता रहेका छन् ।

उत्कृष्ट फोटोग्राफीका लागि यी फोटोग्राफिक विवरणलाई एक अल्गोरिदमका माध्यमबाट प्रोसेसिंग गरिन्छ । यस स्मार्टफोनको क्यामराबाट ६४ मेगापिक्सेलको तस्वीर लिन सकिने दाबी कम्पनीले गरेको छ । साथै यसबाट निकै शानदार कम प्रकाशवाला तथा डेप्थ इफेक्टयुक्त फोटो खिच्न सकिन्छ । कम्पनीको दाबी अनुसार यो स्मार्टफोनको क्यामराले डिएसएलआर क्यामरालाई पनि प्रतिस्थापन गर्ने क्षमता राख्दछ ।

समाचार अनुसार यो स्मार्टफोन केही महंगो हुनेछ । स्मार्टफोनको मूल्य १९५० डलर हुने बताइएको छ ।

लाइट कम्पनीको लगानीकर्ता मध्येको एक फक्सकोन पनि हो । यद्यपि, यो स्मार्टफोन कहिले लञ्च गर्ने भन्ने चाहीँ खुलासा गरिएको छैन । तथापि यहीँ वर्षभित्रमा लञ्च गर्ने अनुमान गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment