Comments Add Comment

झापाको सामुदायिक वनमा पुरुषको शव भेटियो

सांकेतिक तस्वीर

२० असार, झापा । जिल्लाको मेचीनगर–९ मा मङ्गलबार एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर–१ को एउटा खाल्डोमा शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले बिहान ११ बजे शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए ।

मङ्गोल जातीको जस्तो अनुहार भएका अन्दाजी ४० वर्ष उमेरका पुरुषको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ ।

उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment