Comments Add Comment

८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने पक्राउ

२० असार, सप्तरी । ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम गर्ने, गोप्य अंगहरु चलाउने काम गरेको प्रहरीले बताएको छ ।

डर, धम्कीका कारण बालिकाले कसैलाई जानकारी नगराएपनि भिडियो नै फेला परेपछि साहलाई पक्राउ गरी जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी भावेश रिमाले जानकारी दिए । ‘हामीलाई कतैबाट भिडियो प्राप्त भएपछि दोषीको खोजी शुरु गर्‍यौं,’ रिमालले भने, ‘भिडियोमा देखिएका व्यक्ति साह नै हुन् ।’

साहलाई पक्राउ गरेपििछ पीडित बालिकाका अभिभावकको उजुरी लिएर कारबहाी प्रकि्रया अघि बढाएको डीएसपी रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment