Comments Add Comment

संसदमा महेश बस्नेतले भने-जंगी अड्डाको भ्रष्टाचार र विभेद छानविन गरौं

२० असार, काठमाडौं । नेपाली सेनाभित्रको भ्रष्टाचार र बढुवामा विभेद तथा प्रधान सेनापति राजेन्द्र क्षेत्रीको मनोमानीको विषयले संसदमा प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्न माग गरेका हुन् ।

बस्नेतले प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा र ब्याचका अधिकृतलाई एकै ठाउँमा राखेर जुनियरलाई बढुवामा अगाडि पारिएको बताए । उनले भने-आफू निकट जुनियरलाई बढुवा गरेर सेनामा भविष्य देखेका अब्बल अधिकृतको टाउकोमा तातोपानी खन्याउने काम भएको छ ।

बस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको र सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको जानकारी समेत गराए ।


नेपाली सेना महिलामैत्री नभएको तथा फास्टट्रयाकदेखि सेनापति निवास निर्माणमासमेत भ्रष्टाचार भएको भन्दै रक्षा मन्त्रालयले समिति बनाएर छानविन गर्नुपर्ने उनको माग छ ।

यो पनि पढ्नुस्  

बहसमा सेना : नेपाली सेनालाई व्यवसायिक फौज बनाउने कि व्यवसायी ?  

संसदलार्इ छलेर सेनालाई अन्तर सरकारी संगठनको सदस्य बन्न अनुमति !

महासेनानी बढुवा सिफारिसमा प्रधानसेनापतिले मनोमानी गरेको भन्दै उजुरी   

बहस : भारतीय सेनाले मधेसीलाई किन लिँदैन भर्ती ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment