Comments Add Comment

मिस नेपाल नर्थ अमेरिकाका २० प्रतियोगीः इन्जिनियरदेखि डाक्टरसम्म

न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका-२०१८ को लागि निवेदन दिएकाहरू मध्यबाट अन्तिम २० प्रतियोगीहरुको छनौट गरी नामावली  सार्वजनिक गरिएको छ ।

यसपटक प्रतियोगितामा सहभागिता धेरै भएकोले स्काइप अडिसनद्वार अन्तिम २० प्रतियोगीहरु छनाैट गरिएको हो । ३५ भन्दा धेरैले प्रतियोगिताका लागि अावेदन दिएका थिए ।

मिस नेपाल नर्थ अमेरिकाको आयोजक मध्येका एक शैलेश श्रेष्ठकाअनुसार यसपटकका प्रतियोगीहरु उच्च शिक्षा हासिल गरेका कोही इन्जिनियर (अभियन्ता) कोही चिकित्सा पेशामा अध्ययनरत (डाक्टर)समेत रहेकोले निकै उत्साहित रहेको बताएका छन् ।

प्रतियोगीहरु अगस्त ५ तारिख भित्र न्यूयोर्क आउने छन् भने अगस्त ६ तारिखदेखि तालिममा सबै प्रतियोगीहरुले सहभागिता जनाउने छन् ।

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतियोगिता न्यूयोर्कस्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त ११ तारिखमा सम्पन्न हुनेछ ।

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको छ ।

उक्त अन्तिम छनौट प्रतियोगितामा पुग्ने अन्तिम २० प्रतियोगीहरुमा क्यालिफोर्नियाकी आकृती शाह, क्यानडा मिसीसौगाकी अनुशा अधिकारी ,मिचिगनकी भविष्य लामा, अलाबामाकी दिलाशा कोइराला , इन्डियानाकी ज्योती गुरुङ, टेक्ससकी करुणा अधिकारी, पेनसेल्भेनियाकी माया अधिकारी, न्यु योर्ककी मोनिका घले, भर्जिनियाकी पूजा थापा छन् ।

यस्तै टोरोन्टो क्यानडाकी प्रतिमा उपाध्याय, न्यूयोर्ककी रिदिका प्रधान, टेक्ससकी संयुक्त पुरी,  म्यारिल्याण्डकी सनम थापा, मासाचुसेट्सकी श्रद्धा केसी, भर्जिनियाकी सिम्रन चुडाल, मिनेसोटाकी स्मृति लामिछाने, क्यालिफोर्नियाकी सृजना राई, न्यूयोर्ककी सृजना राना, भ्यानकुवर बृटिश कोलम्बियाबाट सुजाता लामा तथा मासा चुसेट्सबाट स्वेता लामा रहेकी छन् ।

अगस्त ६ तारिखदेखि अगस्त १० सम्म हुने सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठले सम्पूर्ण कोरियो ग्राफ सम्बन्धमा तालिम गराउने छन् । यसैगरी मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यूयोर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिनेछन् ।

उक्त प्रतियोगिताको लागि टिकट अनलाइन (बिधुतिय प्रणाली)बाट पनि उपलब्ध गराइएको आयोजकले जनाएका छन् ।

अन्तिम कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई, हेमन्त राना, धर्मवीर लामा तथा झंकार डान्स केन्द्र न्यूयोर्कको अद्वितीय प्रस्तुति हुने छ ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम गर्ने छ ।

८ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधिद्वारा घोषणा गरिनेछ भने दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधिद्वारा सम्मान गरिने छ ।

प्रतियोगिता विजेताले अन्तर्राष्ट्रिय गैरमुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन् । यसको साथै मिस ट्यालेन्ट, मिस पपुलर (जनताको मतद्वारा), मिस डिसिप्लेन, मिस पर्सनालिटी तथा मिस क्याटवाकसमेत उपाधि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा आयोजक समूहअन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सहसंस्थापक सभापति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment