Comments Add Comment

क्रियटिभ नेपाल युथ अर्गनाइजेसनको नयाँ नेतृत्व चयन

न्यूयोर्क / अमेरिकाको नर्दन क्यालिफोर्नियाको एल सिरिटोमा रहेको सक्रिय संस्था क्रियटिभ नेपाल युथ अर्गनाइजेसनको तेश्रो साधारण सभा गत १ जुलाइमा रिचमण्ड क्यालिफोर्नियामा सम्पन भएको छ । सभाले  शशी प्रसाईंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको छ ।

नवनिर्वाचित समितिमा अध्यक्षमा शशी प्रसाईं, प्रथम उपाध्यक्षमा पुण्य कार्की, उपाध्यक्षमा मोहन गुरुङ,महासचिवमा सुमेर सुब्बा, सचिबमा पुस्कर रेग्मी, कोषाध्यक्षमा प्रतिमा दुलाल तथा सहकोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा ध्रुब बस्याल, महेश भण्डारी, अमन छेत्री, दिपेश पाण्डे, गणेश शर्मा, निरेन सङ्गीत, लक्ष्मी खत्री तथा सबिता लोप्चन निर्वाचित भएका छन् ।

यस सँस्थाको कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।  उक्त कार्यक्रमा २०१६-२०१७ मा सँस्थालाई देउसीभैलो कार्यक्रममार्फत आर्थिक सहयोग गर्ने ५ जना चन्दादातालाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

साथै यस सँस्थाले स्थापनाकालदेखि संचालन गर्दै आएको सम्मान कार्यक्रम अनुसार नेपाली विधालयका उत्कृष्ट ६ जना विधार्थीलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment