Comments Add Comment

बाघको छालासहित एकजना पक्राउ

२१ असार, काठमाडौं । बाघको छाालासहित महानगरीय प्रही बृत्त लैनचौरले एकजनालाई पक्राउ गरेको छ ।

बाघको छाला विकि्रवितरण तथा ओसारपरार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट दोलखा गौरिशंकर गाउँपालिका-५ का २१वर्षीय वियन खड्कालाई पक्राउ गरेको हो ।

बाघको छालासहित पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी बृत्त लैनचौरबाटै अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

अनुसन्धान पश्चात खड्कालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment