Comments Add Comment

अमेरिकामा मदनकृष्ण श्रेष्ठसँग अन्तरक्रिया गरिने 

अमेरिका / हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ वर्ष अगाडि स्थापना भएको अमेरिकाकै सर्वाधिक सकृय सँस्था मध्ये एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त संस्थाका संस्थापक, समाजसेवी, सामाजिक अभियन्ता, नेपाली समुदायका अग्रज राम मालाकारसँग निकट पारिवारिक सम्बन्धसमेत रहेका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसहित संस्थाको २५ औ वार्षिक उत्सवमा आएका थिए । र, उनीहरुले आफ्नो प्रहसन प्रस्तुत समेत गरेका थिए ।

यस पटक भने मदन कृष्ण श्रेष्ठ मात्र एकल रुपमा अमेरिका आउने छन् भने उनि संग डिसी महानगर क्षेत्रका नेपाली समुदायले प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न पाउने भएका छन् ।

एनपीपीएका वर्तमान अध्यक्ष राजु जोशीकाअनुसार वरिष्ठ कलाकार श्रेष्ठसँग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने, अन्तरक्रियामा सहभागी हुन् पाइने , उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने, प्रतिभा प्रस्तुति गर्ने, उनको आत्मकथा ‘महको म’  पुस्तक बारेमा चर्चा गर्ने  र सबै दर्शक बीच मनोरञ्जन हेतु गीतसमेत प्रस्तुत गर्ने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रम आगामी अगस्त ४ तारिख मेरिल्याण्डको जर्मन टाउन शहरमा हुने भएको छ । उनको आत्मकथा ‘महको म’  पुस्तक उनले ६ बर्ष लगाएर लेख्ने काम २०७४ मा पुरा गरेका हुन्  ।

सीमित स्थान (सिट)रहेकोले चाडो भन्दा चाडो दर्ता गराउनु पर्ने छ भने अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजनको लागि $ ६० डलर तथा सँस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको आयोजकले जनाएका छन् ।

संकलन भएको केही रकम क्यान्सर सोसाइटी तथा नेपालमा  संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment