Comments Add Comment

तिब्बती शरणार्थीको दर्ता खुलाउन यूएनएचसीआरको आग्रह

गृहमन्त्री थापा र यूएनएचसीआर प्रतिनिधि भेटवार्ता

२१ असार, काठमाडौँ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर)ले तिब्बती शरणार्थीहरुको दर्ता सुरु गर्न नेपाललाई आग्रह गरेको छ ।

यूएनएचसीआरका नेपालस्थित कार्यालयका प्रतिनिधि बुश्रा हालेपोताले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर भुटानी र तिब्बती शरणार्थीबारे चासो राखेकी हुन् ।

हालेपोताले तिब्बती शरणार्थीको दर्ता तथा नविकरण लामो समयदेखि रोकिएको बताँउँदै त्यो सुरु गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् । जवाफमा गृहमन्त्री थापाले यसबारे छलफल गर्ने बताएको उनको निजी सचिवालयले जनाएको छ ।

हालेपोताले नेपालमा बाँकी रहेका भुटानी शरणार्थीहरुको स्वेदश फिर्ता, तेस्रो मुलुक पुर्नवास वा नेपालमै पुनस्र्थापनको विकल्पमा छलफल अघि बढाउनुपर्ने बताए ।

गृहमन्त्री थापाले भने उनिहरुलाई स्वदेश फर्काउनु पर्ने नभए तेस्रो मुलुकमा पुनर्वास गर्न सरकार खुला रहेको बताए ।

गृहमन्त्री थापाले शरणार्थीहरुको पुनर्वास र पुनर्स्थापनामा यूएनएचसीआरले खेल्दै आएको भूमिकाप्रति धन्यवाद दिएका छन् । उनले शरणार्थीहरुलाई नेपाल सरकारले सामाजिक अधिकारहरुमा पुर्ण रुपमा सहयोग गर्दै आएको तथा उनिहरुको सामाजिकिकरणका लागि आवश्यक सहयोग गर्दै आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment