Comments Add Comment

रेखाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’


निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविच प्रेम रहेको कुरा त नौलो भएन । तर, विगत केही समयदेखि नेपाली मिडियामा यी दुइको बिहे भएको खबर समेत सार्वजनिक भैरहेको छ । तर, यी दुइले आफूहरु बिहेको तयारीमा रहेको तर बिहे नभएको बताउँदै पनि आएका छन् ।

तर, नायिका रेखा थापाले भने यी दुइको सम्बन्धको बारेमा नयाँ खुलासा गरिदिएकी छिन् । एक स्मारिकमा लेख लेख्दै रेखाले भनेकी छिन्–‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छवि ओझासँगको प्रेम र बैबाहिक सम्बन्ध, त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधीमा पाठक र दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ । जबकी, डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो ।’

रेखाले यो कुरामा मिडियाले आफूमाथि विभेद गरेको बताइन् । उनले, जसले बिबाह गरिसक्यो उसलाई उसको बैबाहिक जीबनको बारेमा सोध्दा हुन्छ नी भन्दै पटक–पटक ममाथि नै किन प्रहार भनेर प्रश्न गरेकी छिन् । रेखाले शिल्पा र छविले २ बर्ष अगाडि नै बिहे गरेको खुलासा गरिदिएपछि अब छवि र शिल्पा बिहे भएको छैन भनेर भन्ने आधार बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment