Comments Add Comment

ट्रम्पले नियुक्त गरेका अमेरिकी वातावरण संरक्षण प्रमुखद्वारा राजीनामा


२२ असार, काठमाडौं । अमेरिकी वातावरण संरक्षण समितिका प्रमुख स्कट प्रुइटले राजीनामा दिएका छन् । एकपछि अर्को विवादमा तानिएका प्रुइटले अन्ततः राजीनामाको बाटो अवलम्बन गरेका हुन् ।

प्रुइटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । उनी अघिका राष्ट्रपति बाराक ओबामाको हरित विरासत उल्ट्याउन उनको नियुक्ति भएको बताइन्छ ।

तर प्रुइट नियुक्ति पाएसँगै अनेक विवादमा फसेका थिए । खासगरी उनीमाथि अपारदर्शिताको आरोप छ । उनका अनियमित काममाथि टिप्पणी गर्ने कामदारलाई पनि दुःख दिएको भन्दै उनको आलोचना हुने गरेको थियो । कैयन अनियमितताको आरोपमा अनुसन्धान शुरु भइरहेका बेला प्रुइटले आफ्नो पदबाट राजीनाको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने उनको प्रशंसा गरेका छन् । एक ट्वीट गर्दै ट्रम्पले प्रुइटले असाधारण काम गरेको भन्दै धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment