Comments Add Comment

बच्चालाई दुध चुसाउने दुनियाँकै पहिलो पुरुष


गत जून २६ । अमेरिकाको विस्कन्सिनमा बस्ने एक परिवारको घरमा एक नयाँ पाहुना आउनेवाला थियो । अस्पतालको त्यो रात केवल आमाका लागि मात्र फरक थिएन, पिताको हकमा पनि यस्तो भयो कि जुन उनले सपनामा पनि चिताएका थिएनन् ।

एप्रिल न्युबर्सको डेलिभरी सामान्य थिएन, किनकि उनको रक्तचाप निकै उच्च थियो । उनी लामो समयदेखि प्रि एक्लेन्पसिया रोगबाट पीडित थिइन् । यो रोग गर्भवती महिलालाई नै हुने गर्दछ । सुत्केरी हुने समयमा उनको अवस्था झनै बिग्रियो र शल्यक्रिया गरी बच्चा निकालियो ।

रात अबेर एप्रिलको शल्यक्रिया गरी बच्चा जनमाइयो । जन्मिएकी छोरीको नाम रोजेली राखियो । नवजात शिशु रोजेलीको तौल् ३.६ किलो थियो ।

छोरी जन्मेलगत्तै एप्रिललाई अर्को स्वास्थ्य समस्या सुरु भयो । उनलाई थप उपचारका लागि अस्पतालको अर्को कोठामा भर्ना गरियो । उनको अवस्था यति बिग्रियो कि बच्चा जन्माउने बित्तिकै बच्चालई अँगाल्नै नपाई उनी अर्को कोठामा भर्ना भैहालिन् ।

जब नवजात बच्चीकी आमा त्यहाँ रहिनन् तब नर्सहरुले ती बच्चीलाई उनका बाबु म्याक्समिलियनको जिम्मा लगाए ।

म्याक्समिलियन भन्छन्, ‘एकजना नर्सले आफ्नो अँगालोमा हाम्री सुन्दर छोरी लिएर आइन् र मलाई दिइन् । मैले छोरीलाई अँगालोमा समाएँ । छोरीको स्पर्श महसुस होस् भनेर कमिजको टाँक फुकालेर छातिमा टसाएँ । बच्चालाई केही न केही खुवाउनै पर्ने र औँलाले भएपनि दुध चुसाउनुपर्ने नर्सले बताइन् ।’

त्यसपछि उनलाई छातिमा निप्पल टाँसेर बच्चालाई आमाले दुध चुसाएजस्तो गरी छोरीलाई चुसाउन भनियो । उनी तयार भए । त्यसपछि नर्सले ट्युबको सहायताले एउटा प्लास्टिक निप्पल उनको छातिमा टाँसिदिए । उक्त ट्युब बच्चालाई खुवाउने दुधले भरिएको एक सिरिन्जसँग जोडिएको थियो ।

त्यसपछि उनले आफ्नी छोरीलाई छातिमा टाँसिएको निप्पल चुसाएर कृत्रिम दुध पिलाए ।

यति गरिरहँदा उनलाई आफू निकै जिम्मेवारी बाबु बनेको त अनुभव भैरहेको थियो, तर बच्चालई दुध चुसाउने दुनियाँकै पहिलो बाबु बनेको कुरा चाहिँ हेक्का थिएन ।

उनले धेरैबेर सम्म छोरीलाई दुध चुसाए । दुध चुसाएको अनुभवलाई तस्वीरसहित आफ्नो फेसबुक र इन्स्टाग्राममा पोष्ट गरेका छन् । जुन निकै भाइरल बनेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment