Comments Add Comment

सोनाली ब्रेन्द्रे कसरी क्यान्सरसँग जुध्दैछिन् ? क्यान्सरबाट कसरी बच्ने ?

बलिउड अभिनेत्री मनिषा कोइरालालाई क्यान्सर भयो । क्यान्सरको सफल उपचार पनि भयो । र, अहिले उनी सामान्य जीवनमा फर्किएकी छिन् । क्यान्सरमुक्त भएपछि मनिषाले उक्त क्षण कति निर्दयी र कष्टकर थियो भन्ने कुरा सुनाइसकेकी छिन् ।

अहिले अभिनेता इरफान खान पनि क्यान्सरसँग जुध्दैछन् । उनलाई दुर्लभ किसिमको क्यान्सर भएको प्रष्ट भइसकेको छ । फिल्म छायांकनको लागि नेपाल, खासगरी काठमाडौं आउने तयारी गरिरहँदै उनलाई अस्पताल भर्ना गरिएको खबर फैलियो । अन्ततः उनी क्यान्सरले ग्रस्त भएको पुष्टि भयो । यसबीचमा के कस्ता उथलपुथलबाट गुजि्रनुपर्‍यो भनेर, इरफानले पनि बताइसकेका छन् ।

पछिल्लो समय सोनाली बेंद्रेलाई क्यान्सर भएको समाचार छ । उनले आफ्नो इन्स्टाग्रामबाट यसको जानकारी दिएकी हुन् ।

सोनालीले लेखेकी छिन्, ‘हालै परीक्षणपछि मलाई यो थाहा भयो कि, मलाई हाईग्रेड क्यान्सर भएको छ । यस्तो हुन्छ भनेर मैलें कहिल्यै सोचेकी थिइन । लगातार पीडा भएपछि मैले स्वास्थ्य परीक्षण गराएकी थिए, जसमा अत्यासलाग्दो रिपोर्ट आयो ।’

सोनाली अहिले न्यूर्योकमा आफ्नो उपचार गराइरहेकी छिन् ।

उनले लेखेकी छिन्, ‘यो घडी मेरो परिवार र मेरा साथीहरुको साथ छ । हरसंभव उनीहरुले साथ दिइरहेका छन् । म उनीहरुप्रति कृतज्ञ छु र स्वय्मलाई सौभाग्यशाली महसुष गरिरहेकी छु ।’

सोनालीले अरु के लेखिन् ?

-तुरुन्त एक्सन लिनु बाहेक यस रोगसँग लड्ने अरु कुनै उत्कृष्ट तरिका छैन ।

-मेरो चिकित्सकले यसबारेमा सल्लाह दिएका छन् र म अहिले न्यूयोर्कमा आफ्नो उपचार गराइरहेकी छु । उपचारका लागि हरसंभव कदम उठाइरहेकी छु ।

-बितेको केही दिनयता मलाई जुन किसिमको प्रेृम मिलिरहेको छ, यसले मेरो उपचारमा सहयोग गर्ने नै छ । साथी र मेरा परिवार मेरो साथमा छन् । यही कुरा जानेर म जिन्दगीको लडाई लडिरहेकी छ् ।

सोनालीको खास कुरा

सोनाली बेन्द्रेले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । पछि एक रियलिटी शो स्टारडस्ट ट्यालेन्ट सर्चमा छनौट भएपछि उनका लागि फिल्ममा प्रवेश गर्ने बाटो खुल्यो ।

सोनालीले सन् १९९४ मा फिल्म आगमा काम गरिन् । यो फिल्मले बक्स अफिसमा कमाल त गर्न सकेन । तर, सोनालीलाई नयाँ चिनारी दिलायो ।

सोनालीले सोही बर्ष सन् १९९४ मा फिल्मफेयरमा न्यू फेस अफ द इयरको अवार्ड जितिन् । त्यसपछिका दिनमा सोनालीले सरफरोश, दिलजले, बम्बे, भाई, हम साथ साथ है, कल हो ना हो जस्ता फिल्ममा अभिनय गरिन् ।

कालो हरिण मारेको जुन घटनाले सलमानलाई फसाएको थियो, त्यसमा सोनालीको नाम पनि जोडिएको थियो ।

सोनालीले सन् २००२ मा गोल्डी बहलसँग विवाह गरेकी थिइन् ।

क्यान्सरको कुरा

क्यान्सर आफैमा भयावह रोग हो । यसले बर्षेनी लाखौंको ज्यान लिने गरेको छ । क्यान्सर सबै उमेर, बर्गलाई हुनसक्छ ।

क्यान्सर कति जटिल रोग भने, यो रोग लाग्न लागेको प्रारम्भिक अवस्थामा थाहा नै नहुन सक्छ । जब जटिल चरणमा पुग्छ, तबमात्र थाहा हुन्छ । किनभने क्यान्सर र अन्य रोगको संकेत मिल्न सक्छ । हामी त्यस्ता संकेतलाई नजरअन्दाज गर्छौं ।

जबकी क्यान्सरको संकेत पहिलो चरणमा थाहा भयो भने र तत्काल उपचार गरियो भने, क्यान्सरमुक्त हुन सकिन्छ । त्यसैले क्यान्सरको संकेत थाहा पाउनसाथ उपचार सुरु गरिहाल्नु राम्रो हो ।

पछिल्लो समय खराब जीवनशैली र खानपानको कारण क्यान्सरको समस्या बढ्दै गएको पाइन्छ । हुन त यो वंशानुगत रुपमा पनि फैलन सक्छ । यद्यपी धेरैजसो चाहि गलत जीवनशैलीले यो रोगलाई निम्त्याएको छ । त्यसैले क्यान्सरबाट बच्ने भनेकै स्वस्थ्य जीवनशैली र खानपान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment