Comments Add Comment

नीतालाई प्रशंसाको भोक


अधिकांस कलाकारहरु सकेसम्म मिडियामा आफ्नो बारेमा नकारात्मक चर्चा नहोस नै भन्न चाहन्छन् । तर, एकहोरो प्रशंसाले मात्रै कलाकारको करिअर उकालो लाग्न सक्दैन ।

आफ्ना काम र क्रियाकलापमा प्रशंसा एवं आलोचना दुबै पचाउन सक्ने कलाकार नै उचाईमा पुगेका छन् । कलाकारका दुबै पाटो केलाउनु मिडियाको पनि जिम्मेवारी हो ।

तर, नेपाली चलचित्रका केही कलाकारहरुमा आलोचना पचाउने क्षमता अति कमजोर छ । नकारात्मक समाचार आउँदा उनीहरु साँच्चै छटपटिन्छन् । एकहोरो प्रशंसाको पछि लाग्दा आफू कता चिप्लिएको छु भन्ने नै थाहा पाउँदैनन् । पछि, चिप्लिएर अर्कै कान्लामा पुगिसकेपछि मात्र आँखा खोलेर अर्थ पनि छैन ।

नायिका नीता ढुंगाना पनि प्रशंसाको खुबै भोको रहिछन् । उनले नकारात्मक समाचार सम्प्रेषण नगर्ने पत्रकारलाई सबैले माया गर्ने गरेको तर्क गरिन् । कलाकारका सकारात्मक समाचार मात्र सम्प्रेषण गर्ने पत्रकार आफ्ना लागि प्यारो हुने उनको प्रष्ट आशय छ ।

हुनत, कलाकार आफ्ना सबै सहकर्मी र पत्रकारसँग नजिक हुनुपर्छ भन्ने छैन । तर, दुबै थरीका समाचारलाई ग्रहण गर्न सक्ने हो भने नीताको मात्र होइन, धेरै कलाकारको करिअर उँभो लाग्ने थियो ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment