Comments Add Comment

डा. केसीको जीवन रक्षाको माग गर्दै भरतपुर अस्पतालमा प्रदर्शन

२२ असार, चितवन । अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितनवको भरतपुर अस्पतालका चिकित्सकहरुले शुक्रबार दोस्रो दिनपनि अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । एकले अर्कोको हात समाएर साङ्लो जस्तो बनाई प्रदर्शन गरिएको हो ।

विहान १० वजेदेखि १५ मिनेट प्रदर्शन गरिएको चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।

संघ आवद्ध चिकित्सक र भरतपुर अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुले बिहीवार पनि १० मिनेट प्रदर्शन गरेका थिए । संघको बिहीबार नै बसेको बैठकले मौन रुपमा हरेक दिन १० देखि १५ मिनेटसम्म प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संघका सचिव डा. भोजराज अधिकारीले अस्पतालको उपचार सेवालाई प्रभाव नपार्ने गरी प्रदर्शन गरिने बताए । उनका अनुसार केन्द्रबाट नयाँ कार्यक्रम नआइञ्जेलसम्म यहि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

संघका अध्यक्ष डा. प्रकाश खतिवडाले चिकित्सकहरुले डा. केसीको जीवन रक्षाको मात्रै माग अहिले गरेको बताए । ‘पहिलो कुरो उहाँको जीवन रक्षा हुनुपर्‍यो, अरु कुराका वारेमा सरोकारवालाहरुको सहमतीबाट टुंग्याउन सकिन्छ होला,’ डा. खतिवडाले भने ।

नेपाल चिकित्सक संघ केन्द्रले डा. केसीको मागका बारेमा कसरी जाने भन्ने बारेमा आजका लागि बैठक राखेको डा. खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment