Comments Add Comment

पूजा र आँचलको यो कस्तो मित्रता ?


नायिकाद्धय पूजा शर्मा र आँचल शर्मा एकसाथ भएपनि-नभएपनि, यी दुइको नाम भने एकैपटक आउँछ । पूजा र आँचलले एकैसाथ चलचित्र खेलेका छैनन् । न त उनीहरु दिनहुँ भेटेर चियामा नै गफिन्छन् ।

तर, पनि आँचलले दिने इन्टरभ्यूमा पूजा र पूजाले दिने इन्टरभ्यूमा आँचल नजोडिएको विरलै भेटिन्छ । यसको मुख्यकारण, आँचलका प्रेमी नायक पल शाह हुन् । पलले नायिका पूजा शर्मासँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेपछि आँचलको नाम जोडिन थालेको हो ।

यसपछि, आँचल र पूजाविच सम्बन्ध विगि्रएको, बोलचाल नै नहुने जस्ता खबर धेरै सार्वजनिक भएका थिए । तर, पूजा र आँचल एक अर्कासँग धेरै नजिक पनि छैनन् । तर, बजारमा आएजस्तो नराम्रो सम्बन्ध पनि उनीहरुको छैन ।

बिहिबार आयोजना भएको रमाइलो छ को बाषिर्कोत्सवमा पूजा र आँचल नजिक देखिएका थिए । स्टेजमा पनि उनीहरु एकसाथ पुगे र ट्रफी प्रदान गरे । उनीहरु, स्टेजमा चढ्दै गर्दा एकअर्कासँग गफिएका थिए ।

उनीहरुले आफूहरुको सम्बन्धको बारेमा बजारमा जे जस्ता चर्चा चलेपनि त्यस्तो नभएको र आफूहरु एकअर्कासँग नजिक भएको बताए ।

रेखाले तान्दा समेत सुष्माले पूजासँग हात मिलाउन मानिनन् (फोटो र भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment