Comments Add Comment

श्रीमतीसँग सम्वन्ध चिसियो, कसरी राम्रो बनाउने ?

करुणाजी, नमस्कार ।

म ५० वर्षीय विवाहित पुरुष हुँ । म स्वथ्य एवं सवल नै छु । म श्रीमतीसँग शारीरिक र मानसिक दुबै पक्षबाट राम्रो सम्बन्ध राख्न चाहन्छु । यद्यपि मेरो सम्बन्ध मैले सोचेको जस्तो छैन ।

शुरुमा हाम्रो सम्बन्ध धेरै नै रमाइलो थियो र अहिले २२ वर्षपछिको वैवाहिक सम्बन्धपछि हाम्रो सम्बन्धमा कुनै उत्साह नै नभएको महशुस हुन्छ । उनको मप्रतिको आर्कषण र चाहना घट्दै गएको हो कि जस्तो महसुस गरिरहेको छु । मैले श्रीमतीको मनोविज्ञान बुझ्न नसकेकाले वा उमेर ढल्कँदै गएकाले यसो भएको पो हो कि ? श्रीमती सकेसम्म मसँग सुत्न नपरे पनि हुन्थ्यो जस्तो गर्छिन् ।

मेरो यो समस्यामा तपाईंको राय जान्न चाहन्छु ।

करुणाः श्रीमतीमा आएको परिवर्तनलाई महशुस गर्नुहोस्

तपाईको समस्या सुन्दा तपाई श्रीमतीसँग कसरी परिपक्व सम्वन्ध बनाउँ भन्नेमा चिन्तित हुनुभएको बुझ्न सकिन्छ । श्रीमतीसँगको सम्वन्धमा तपाई आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ ।

समाजमा हरेक व्यक्तिसँग हामीले फरक फरक व्यवहार गर्नुपर्ने हुन्छ । समाजका विभिन्न धारमध्ये पारिवारिक धार महत्वपूर्ण सम्बन्ध हो । त्यसमा पनि श्रीमतीसँगको सम्वन्ध नितान्त फरक र अत्यावश्यक सम्बन्ध हो । यही कारण विवाहित पुरुषहरु विवाहपछि पुरानो स्वतन्त्रता हराएको महसुस गर्छन् ।

‘श्रीमती’ यस्तो नाता हो, जो धेरै आयाममा फैलिएको हुन्छ । श्रीमती साथी पनि हुन्, अभिन्न मित्र पनि हुन् र यौन सम्वन्ध गाँस्ने आधिकारिक व्यक्ति पनि हन् । श्रीमतीसँगको सम्बन्धले मानिसको सार्वज्निक जीवन कतातिर मोडिन्छ र भविष्य कस्तो हुन्छ भनेर प्रस्ट पार्न मद्दत गर्छ ।

तपाईंले बैवाहिक जीवन लामो समय गुजारिसक्नुभएको छ । विस्तारै समाजको सम्बन्ध भन्दा श्रीमतीसँगको सम्बन्ध बलियो मात्रै हुने होइन, अरु सम्बनधको तुलनामा महत्वपूर्ण हुने कुरा बुझिसक्नुभएको छ । उमेरमा साथ दिने धेरै हुन्छन् तर ४९–५० वर्षको उमेरपछि जीवन श्रीमतीको साथ र सहयोगविना अपुरो अधुरो हुन्छ । यो यस्तो उमेर हो, योबेलामा यौन सम्बन्ध पनि आवश्यक पर्छ र त्यो भन्दा बढी माया, प्रेम र स्नेहको आवश्यकता हुन्छ ।

यहाँको समस्या यौनसँग सम्बन्धित भएकाले यो लेखमा यौनकै जिज्ञासा शान्त पार्ने प्रयास गरिनेछ ।

यौन मानिसको जीवनको अभिन्न अङ्ग हो । विवाहपछि यौनकर्म नियमित हुने भएकाले यसले दैनिक कृयापकलापलाई सजिलो र उत्साहित बनाएका अनि अर्को कुरा पारदर्शी रुपमा कुरा गर्नेलाई अझ जसले पनि मन पराउने गर्छ । दैनिक जिवनमा उनलाई कुनै कुराको गहिरो चिन्ता छ कि त्यसप्रति पनि ध्यान पुर्‍याउन जरुरी छ । उहाँमा भएको चिन्ताको विषयलाई सुनिदिने र समान अनुभूति देखाउने हो भने पनि यौन जीवनमा सुधार आउन सक्छ ।

जो आफूले सम्मान चाहन्छ भने अरुलाई सम्मान दिने गर्छन् । अर्थात आफू सम्मान चाहने मानिस अरुलाई पनि सम्मान गर्न चाहन्छन् । यो मानिसहरुको प्राकृतिक स्वाभाव हो । महिलालाई अझ बढी यसका लागि उपयुक्त उदाहरण भन्दा हुन्छ ।

महिलाहरु भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमानलाई सम्मान गरिरहेका हुन्छन् । यस्तै व्यवहार उनीहरु आफ्नो श्रीमानबाट पनि चाहिरहेका हुन्छन । तर, धेरैजसो श्रीमानहरु आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुल्पुल्याउने काम किन गरुँ भन्ने स्वाभावका हुन्छन र यस्तो स्वाभावको आपसमा सञ्चारीकरण नहुँदा कहिलेकाहीँ श्रीमान–श्रीमतीबीच सामान्य खटपट हुने गर्छ ।

सम्वन्धका आयामहरुको अध्ययन गरिरहेका विज्ञहरुको पनि यसमा फरक राय नै छ । यससम्वन्धी अध्ययन गरिरहेका बिज्ञ रबि आर्यका अनुसार महिलाहरुसँगको सम्वन्धमा तीनवटा पाटा रहेका छन्ः उनीहरु माया, महत्व र प्रशंसा यी तीन चीजका प्यासी हुन्छन् ।

उनीहरु यी तीनै चीजका खानी पनि हुन् । तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमीहरु, श्रीमानहरुले यसलाई बुझेर त्यसै अनुसारको ब्यवहार गर्नु श्रेयस्कर हुन्छ । यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्‍याए पनि उनीहरुलाई पर्याप्त हुन्छ । सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने आवश्यक छैन ।

त्यस्तै मार्क न्याप र अनिता भ्याङलिस्टी जस्ता विज्ञहरुले पनि यसलाई स्वीकारेका छन् र भनेका छन्, जोडीहरु प्रारम्भतिर आपसमा प्रशंसामा डुबुल्की मार्ने गर्छन् । यो केही बर्षसम्म जारी रहन्छ र सम्वन्ध पनि प्रगाढ रहन्छ । तर, बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटेको जस्तो महसूस हुन थालेपछि सम्वन्ध बिग्रन थाल्छ । यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ ।

सेक्स थेरापी र रिसर्चका पूर्वअध्यक्ष चिकित्सा मनोविद सेली सचुमाचर भन्छिन्– दुई दम्पत्ती बीचमा आउने भिन्नता भनेको उनीहरुमा भएको ज्ञान र बुझाइ हो । जब दुवैजना ४० भन्दा माथि लाग्छन् उनीहरुको शरीर, जीवनशैली, हार्मोन र यौन प्रतिकृयामा परिवर्तन आउँछ, जुन स्वाभाविक पनि हो ।

महिला वा पुरुष जसले यी परिवर्तनहरुलाई महसुस गर्न सक्छन् उनीहरुले समायोजनको नयाँ तरिका अपनाउन सक्छन् र अझ यौन जीवनलाई उत्कृष्ट बनाउन पनि सक्छन् ।

महिला मिनोपोज (महिनाबारीको अन्त्य) को समयमा पुगेको हो भने यो समयमा महिलाको योनीका तन्तु पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ ननिस्कने हुन्छ त्यसैले पहिले यौन सम्बन्ध निकै आनन्द लाग्ने महिलाका लागि पनि यी कारणले गर्दा अप्ठयारो र दुखाइको महशुस हुने हुन्छ । यी प्राकृतिक विषयलाई पुरुषले नबुझ्दा श्रीमतीलाई आफ्नो श्रीमान कडा, असजिलो र नबुझ्ने हुन थालेको महशुस गर्छिन् ।

श्रीमानले चाहिँ आफूलाई श्रीमतीले मनपराउन छाडेकी र यौन ईच्छा आफूसँग राख्न नखोजेको महशुस गर्छन् । यसरी एकअर्का प्रतिको फरक बुझाइ हुँदा दैनिक जीवनमा पनि असहजताको वातावरण सिर्जना हुन थाल्छ ।

हुनसक्छ, तपाईले श्रीमतीको उमेर अनि उहाँमा आएको परिवर्तनलाई महशुस गर्नुभएको छ भने यी परिवर्तन प्राकृतिक हुन सक्ने र बुझाइमा अझ बढावा दिँदा फेरि पहिलेकै जस्तो सम्बन्ध हुन सक्ने कुरामा एकअर्का वीचमा छलफल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment