Comments Add Comment

एप स्टोर दशौँ वर्षमा, साप्ताहिक प्रयोगकर्ता ५० करोड


एप्पलको एप्लिेसन स्टोरको रुपमा रहेको एप स्टोरका प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढिरहेको छ । एप्पलका अनुसार विश्वका १ सय ५५ देशमा एप डाउनलोड तथा प्रयोग गर्नका लागि एप स्टोरमा प्रयोगकर्ताले बिताउने समयमा वृद्धि हुँदै गएको छ ।

एप स्टोरले आगामी जुलाई १० मा स्थापनाको दशौँ वर्षगाँठ मनाउन गैरहेको छ । एप्पलले विज्ञप्तिमा भनेको छ, ‘जब सन् २००८ मा ५ सयवटा एपको साथमा एपस्टोर सुरु भयो, यसले सांस्कृतिक, सामाजिक तथा आर्थिक विषयवस्तुमा, मानिसका क्रियाकलाप, खेल, भेटघाट, घुमफिर लगायतका धेरै चिजमा परिवर्तन ल्याइदियो ।’

सन् २००९ मा एप्पलले एप स्टोरमा इन–एप पर्चेज अर्थात् आइएपी सेवा सुरु गरेको थियो । जस अनुसार प्रयोगकर्ताले कुनैपनि एपलाई सुरुमा डाउनलोड गर्ने र विभिन्न लेभल तथा फंक्सन अनलक गर्नका लागि रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

सुरुवातमै एपस्टोर यति लोकप्रिय बन्यो कि सन् २०१० को जुनसम्ममा आइएपीबाट एप डेभलपर्स तथा सशुल्क एपका लागि गरी १ अर्ब डलर भुक्तानी भैसकेको थियो ।

एप्पलका अनुसार सन् २०१७ बाट एप सब्सक्रिप्सन ९५ प्रतिशतले बढेको छ र जुन २०१८ सम्ममा एप स्टोरबाट एप डेभलपर्सले १ खर्ब अमेरिकी डलर आम्दानी गरिसकेका छन् ।

‘पहिलो दशकमै एप स्टोरले हाम्रा सम्पूर्ण अपेक्षाहरु पार गरेको छ । डेभलपर्सहरुले गरेको सिर्जना तथा आगामी दश वर्षमा एप स्टोरमा उपलब्ध हुने सामाग्रीहरुको विषयले हामी निकै गौरवान्वित छौँ’, एप्पलले भनेको छ ।

लामो समयदेखि आइओएस डेभलपरको रुपमा रहेका मार्को आर्मेन्टले भनेका छन् कि एपका माध्यमबाट धेरै भन्दा धेरै मानिससम्म पुग्न एप डेभलपर्सका लागि एपस्टोर सबैभन्दा सजिलो सजिलो माध्यम बनेको छ ।

आइफोन तथा आइप्याडमा मल्टिटच टेक्नोलोजीको विकास भएसँगै एपस्टोरमा प्रसस्तै अत्याधुनिक गेमिङ एपहरु पनि थपिएका छन् । जसले स्मार्टफोन गेमिङलाई नयाँ उचाईमा पुर्याएकाे छ ।

त्यस्तै मोबाइमार्फत भिडियो हेर्ने दरमा पनि एपस्टोरका कारण भारी वृद्धि भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment