Comments Add Comment

अनौठो मन्दिर, जहाँ फूल-प्रसाद होइन, थोत्रा पाटपुर्जा चढाइन्छ


आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाइन्छ । तर भारतको हिमाचलमा एउटा यस्तो मन्दिर छ, जहाँ फूलप्रसाद होइन, गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ ।

यो मन्दिर जंगलको बीचमा रहेको छ । बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न त कुनै पुजारी नै । तर यसको किर्ति निकै दूरसम्म छ । थोत्रामोत्रा चिज चढाउनका लागि टाढा टाढाबाट मानिसहरु यो मन्दिरमा धाउँछन् ।

पुजारीहरुका अनुसार मानिसहरुले सदियौँ देखि यो मन्दिरमा घरका पूराना औजारहरु चढाउने गरेका छन् । समय बित्दै जाँदा मानिसहरुले गाडीका पाटपुर्जा र नम्बर प्लेटसम्म मन्दिरमा चढाउन थाले । यसरी गाडीका पाटपुर्जा तथा घरका औजारहरु मन्दिरमा चढाउनाले भगवानको कृपादृष्टि रहने र कुनै संकट नआउने आम विश्वास रहेको छ । गाडीको कुनै पाटपुर्जा बारम्बार बिग्रेर दुख दिइरहेमा एकपटक बिग्रेको पाटपुर्जा लगेर मन्दिरमा चढाउने र त्यसपछि गाडी मर्मत गरेमा गाडी लामो समयसम्म नबिग्रने विश्वास गरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment