Comments Add Comment

माथिल्लो मुस्ताङको सेरोफेरो, जता हेर्‍याे उतै राम्रो

भनिन्छ, गन्तव्य होइन, यात्रामा रमाइलो गर्नुपर्छ । तर, माथिल्लो मुस्ताङलाई गन्तव्य बनाएर भिरालो बाटोमा यात्रा गरिरहँदा कुनै ‘एडेभेन्चर गेम’ खेलेजस्तै हुने ।

तल हेर्दा अत्यासलाग्दो भीर, माथि उस्तै मुटु कमाउने पखेरा । त्यसैलाई मध्यबाट काटेर बनाइएको साँघुरो बाटो । बाटोको चौडाई पनि कस्तो भने, मुस्किलले जीप अटाउने । चट्टानलाई चिरेको बाटोबाट यात्रा गरिरहँदा स–सना खोल्सा, स–सना झरनाको सौन्दर्यले भन्दा पनि डरले बढी ठाउँ ओगट्ने ।

‘डर के आगे जित है’ भन्दै आफुले आफैलाई ढाडस दिदै अगाडि बढेपछि टेकिन्छ, मनमोहक भूगोल । यस्तो लाग्छ, कुनै सिपालु कालिगढले खिपेका धर्ती हो यो ।

प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुनो हो माथिल्लो मुस्ताङ । यहाँ उभिएपछि जो कोहिको मन फुरुंग हुन्छ ।

बाटोको बिजोग

सडक सञ्जालले नजोडेको भए, माथिल्लो मुस्ताङमा यतिविध्न आन्तरिक पर्यटक पुग्ने थिएनन् होला । तर, जसै यस क्षेत्रसम्म मोटरबाटो जोडियो, घरेलु पर्यटकहरु आउजाउ गर्न थाले ।

दुखलाग्दो त के भने, सडक निर्माण भएपनि गतिलो चाहि छैन । हुन त सडक सुधारको काम भइरहेको छ । छुसाड, समर र भेनाका डाँडो भन्ने स्थानमा सडकको हालत दयानिय छ ।

जोमसोमदेखि अहिले चीन जोड्ने कोरला नाकासम्म सडक विस्तारको काम भइरहकेो छ । वर्षाको समयमा कालिगण्डकी नदी पार गर्न समस्या छ । त्यहाँ पुल निर्माण भइरहेको छ ।

नाका खुल्ला भयो भने अन्य कार्यहरु सहज हुन्छन्ः महेन्द्र गुरुड, युवा पर्यटन ब्यबसायी

हामीले बर्षमा कम्तीमा दुई–तीन पटक आन्तरिक पर्यटकलाई माथिल्लो मुस्ताङ पुर्‍याउने गरेका छौ । सडकको अवस्था राम्रो छैन । साहसिक यात्रामा रमाउनेहरुका लागि भने सही हुन्छ ।

माथिल्लो मुस्ताडको पर्यटन क्षेत्रमा बृद्धी गर्ने हो भने पहिलो प्राथमिक्ता कोरला नाकालाई खुल्ला गर्नुपर्छ । नाका खुल्ला भयो भने अन्य कार्यहरु सहज हुन्छन् । सडक विस्तार हुन्छ । सवारी साधनको चाप बढ्छ ।

अहिले माथिल्लो मुस्ताड यात्रा गर्दा मैले पाएको समस्या भनेको सूचनाको अभाव हो । बिभिन्न स्थानमा धार्मिक तथा ऐतीहासी रुपले निकै महत्तवपुर्ण कुराहरु रहेका छन् । ती कुराहरुको जानकारी नहुँदा माथिल्लो मुस्ताड पुगेर आएका पर्यटकहरु पनि सो स्थान पुग्न सकेका छैनन् ।

पर्यटकको चाप बढेका कारण पर्यटक प्ररहरीको पनी आवश्यक छ । अहिले प्रहरीले सवारी साधनको सामान्य जाँचबुझ मात्र रहेको छ । पर्यटक प्रहरी भएमा पर्यटकहरुलाई सुविधा तथा जानकारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment