Comments Add Comment

कागजको टोपीमा नाराः मार्सी चामलको भात ! [फोटो फिचर]

२३ असार, काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले कागजको टोपी लगाएका थिए, जसमा विभिन्न नारा लेखिएको थियो । धेरै जसो नारा पुरानै थिए । ओली सरकारको मिसन, सिटामोलमा कमिसन, माफियामुखी चिकित्सा ऐन चाहिँदैन आदी ।

प्रदर्शनमा सहभागीहरु मध्ये केहीले लगाएको कागजको टोपीमा एउटा नयाँ नारा पनि देखियो, मार्सी चामलको भात ।

रञ्जु दर्शनाले लगाएको टोपीमा गाउँखाने कथाको शैलीमा लेखिएको थियो, नखाउञ्जेल खाउँखाउँ लाग्ने, खाएपछि गुण तिर्ने हतारो के हो ? मार्सी चामलको भात ?

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका वार्ता गर्ने क्रममा प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर मार्सी रातो चालमको भात खुवाएका थिए ।

अहिले बी एण्ड सीलाई सम्बन्धन दिने गरी अध्यादेश भन्दा भिन्न चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसीका समर्थकहरुले यसलाई गुन तिरेको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment