Comments Add Comment

क्रोएसिया विश्वकपको सेमिफाइनलमा, रसिया टाइब्रेकरमा चुक्यो

काठमाडौं । आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले इंग्ल्याण्डको सामना गर्नेछ ।

शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हरायो ।

रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।

तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्‍याकिटिकले गोल गर्दै क्रोएसियालार्इ सेमिफाइनलमा पुर्‍याएका छन् ।

यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।

निर्धारित समयको खेलमा रसियाले ३१ औं मिनेटमा डेनिस चेरसेवको गोलबाट अग्रता लिएको थियो । तर, ८ मिनेटपछि नै क्रोएसियाले बराबरी गोल फर्कायो । उसका लागि क्रमारिकले गोल गरे ।

निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०० औं मिनेटमा भिडाले गोल गरे ।

तर, खेल सकिन ५ मिनेट बाँकी छँदा फर्नान्डेजले रसियाका लोभलाग्दो बराबरी गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment