Comments Add Comment

पूजालाई मोटाएपछि चिन्ता


नायिका पूजा शर्माले चलचित्र ‘रामकहानी’का लागि मिहिनेत गरिन् । जीम गएर शरीर ब्यालेन्समा राखिन् । तर, चलचित्रको छायांकन सकिएपछि उनले मिहिनेत गर्न छाडिन् । जसलेगर्दा, अहिले उनलाई पिर पर्न थालेको छ ।

चलचित्र रिलिजको दिन नजिकिदै गर्दा प्रमोशनमा हिड्नुपर्ने हुन्छ । पूजा भने शरीर मोटाएको भन्दै क्यामेरामा तर्कन खोजिरहेकी छिन् ।
एक भेटमा पूजा भन्दै थिइन्-‘हो म मोटाएँ । तर, १५ दिन पर्खनुहोस्, फेरि स्लिम हुनेछु ।’ नायिकाहरुलाई तौल बढ्नु सबैभन्दा घातक हुनेगर्छ । पूजालाई उनका फ्यानले समेत मोटाएको भन्दै केही दुब्लाउन सल्लाहा दिइरहेका छन् ।

नायिका र निर्मात्री भएर चम्किरहेकी पूजा दुब्लाउनका लागि प्रयास गरिरहेको सुनाउँछिन् । चलचित्रको काम नहुँदा घरमै बसेर मन लागेका कुरा खादा मोटाएको उनको भनाई छ । भदौ २२ गतेबाट पूजाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘रामकहानी’ रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment