1. ताजा अपडेट
Comments Add Comment
छत्र राई
२०७५ असार २९ गते २३:५३
मुन्धुमविद अनि मेहेर साहेब अर्जुन बाबु माबुहांग ज्यु ले खाली मुन्धुमको र जातीय सभ्यताको कुरा मात्र उठाउनु भएको जस्तो लाग्यो, उहा भन्नु हुन्छा लिम्बु जाति हरु किरात हुदै हैन हुनै सक्दैन भनेर! त्यसो भए लिम्बु जाती हरु नेपालको कुन धरतालमा टेकेर भुमि पुत्र या भुमि पुत्री भए? त्यसो भए लिम्बु जाती हरुको भौगोलिक सभ्यता चाही के हो र कहाँ बाट शुरु हुन्छा??? छर्लंगा पारि दिन हुन् अनुरोध छ अनि हिन्दु एउटा धर्म नभएर बिस्वका सम्पूर्ण प्राणिहरुले आफ्नो जिवन सरल हिसाबमा जिउने पद्धति हो l यो सरल पद्धतिलाई जो कोहिले पनि अनुसरण गर्न सक्छ l तरै पनि हाम्रा मुन्धुमविद अर्जुनबाबु माबुहाङ ज्युलाई हिन्दु एउटा समुदायले मान्ने धर्म जस्तो लागेको छ भने हिन्दुहरुको पुज्य ग्रन्थ भागवत गितामा “अर्जुन” नाम धेरै पटक लिईएको पाईन्छ l “अर्जुन” हिन्दु धर्मका सु-योग्य पात्रा हुन् l अब आफ्नो नाम “अर्जुन” नै हिन्दु धर्मबाट सापट लिएर राख्ने अनि हामि राईहरुलाई चाहिं “राईहरूमाथि हिन्दूधर्मको प्रभाव…. हाल राईहरूले कर्मकाण्ड सबै हिन्दूकै गर्छन् l” जस्ता लान्छना लागाउनु भनेको “अरुको आङ्गमा जुम्रा देख्ने तर आफ्नो आङ्गमा भैसिं हिडेको नदेख्ने” उखानको दरो उह्दरण नै हो|यो माथीको केहि हरफ चाही मैले प्रकाश राई जी को लेख बाट लिएको हो उहाको उदाहारण अति मन परेको कारणले| धन्यवाद!!
Manita Limbu
२०७५ असार २८ गते १७:३७
Thanks for your respect to rai and limbu religion. i have no words to explain about your thoughts. for my opinion i respect you. how old are you ? even i don't know who you are and where you from? and sorry to told you. you aren't educated person. if you are? then you have to know about that meaning of "Discipline" this is 21 century.and you are just trying to discriminate our religion or trying to explain about culture. if you're educated then why are you trying to speak about culture, trend, believe. i can't believe even you are still in superstition. okay leave it. if you hated rai and limbu then what about your respect for national anthem. it's also created from " Byakul maila" which songs know and inspired we all are equal nepali, child of gorkhali. what's that? or you're not nepali. your child, mother, father, wife may be everyone sing that song. " Sayau thunga" and again you're trying to speak useless thoughts about rai and limbu. . well now i'm not speak more about you. Because your opinion knows or define you. who you are?
Prakash Rai
२०७५ असार २७ गते १२:३५
मुन्धुमविद अर्जुनबाबु माबुहाङ मोहदयको लेखले जोड्न भन्दा धेरै फोड्न तिर जोर गरे जस्तो लाग्यो l हाम्रो जिब्रोलाई पनि राई लिम्बु भन्नु सजिलो छ l लिम्बुको चेली राईको बुहारी बनि आउँदा सोझै चुलामा देखाए हुन्छ, त्यस्तै राईको चेली लिम्बुको बुहारी हुन गए सोझै मूल खाँबोमा हाली दिए हुन्छ l अन्य कुनै औपचारिकताको जरुरत पर्दैन l यसको एउटै कारण हो लिम्बु, सुनार र राई प्रिथिक नभई एउटै हो, सगोल नै हो l भूगोल र भषा मात्र केहि फरक होला l हामिलाई किराँत भन्दा जुन आनन्द, गौरब अनुभूत हुन्छ, त्यो आनन्द, गौरब एनजिओ/ईएनजिओमा आफ्नै चिनारी बन्दकी राखेर आएको पैसा गन्दा कहाँ आउँछ र? किराँतलाई धर्म जातिको चिनाहरी भनेर भन्द वा लेख्दा किन टाउको दु:ख्नु? अब नेपाल पनि बिस्वमा एउटा गतिलो देस बनेर उदाउँदै छ l पश्चिमाहरुमा एक प्रकारको भय छ, नेपाललाई देखाएर कमाई खाने भाँडो चुहिने भयो भनेर l अनि त तिनीहरु कहिले बाहुन, क्षेत्रि जनजाति मतवाली भन्दै एक अर्कामा जुझाउन खोच्छ, कहिले मधिसे र पहाडे भनेर l तर, जतिनै कोसिस गर्न पनि चुच्चे र थ्याप्चेबिच झगडा गराउन नसके पछि अब किराँत किराँत बिच कहालो लगाउन डलर लगानी गर्दै छ l थोरै डलर हात पर्दा आफ्नो परिवारको त भलो होला तर समुल नेपालिहरुको त कुभलो नै हुन्छ l मुन्धुमविद मोहदय अर्जुनबाबु माबुहाङले लेखे जस्तो "हाल राईहरूले कर्मकाण्ड सबै हिन्दूकै गर्छन्" भन्ने कुराको बिनम्र पुर्बक खण्डन गर्न चहान्छु l म आफै पनि राई भएको कारणले गर्दा मेरो घर वा मैले चिनेको देखेको आफन्त सबै राईहरुले जय-जन्म, लगन-बिहे, मृतु, मांग सेवा (कुल पुजा) सबै मुन्दुमले औंलाएको जसो गरिन्छ l जहाँ सम्म राईहरुले "चण्डी"लाई हिन्दुहरुको देवी भनेर सआदर इज्जत गर्छ, सक्नेले आफ्नो घरमा ब्राह्मण पुरुहितको सहायतामा पुजा पनि गर्दछ l यहाँले राख्नु भएको "चण्डी र सिली" के हो बुझ्न सकिएन l सिलीको भेउ समाएर जानेहो भने यहाँले वैशाखे पुर्ने र मंगसिरे पुर्नेमा किराँतहरुले मनाउने साकेला-साकेवा, साकेन्वाको कुरा गर्नु भएको हो कि? अब अर्जुनबाबु माबुहाङ मोहदय जस्ता मुन्धुमविदले पनि पारुहाङ-सुम्निमालाई साक्षि राखेर ढोल, झ्याम्टाको तालमा गोलाकार समुहमा चासुंग सिली, बोखामा सिली, कोकोले सिली, वापा-वाम्मा सिली टिपी नाचेको नाचमा "क्याबे्र डान्स" देख्नु उधेक लाग्दो कुरा भएर, डलरको सानो पुवालबाट चिहाई हेर्दा मांगखिममा (देवालय) बलेको दियोको किरणलाई वेश्यालयको उज्यालो सम्झिन, मुन्धुमविद अर्जुनबाबु माबुहाङ मोहदयको भुल होइन, यसलाई डलरको संकीर्ण पुवालको दोष हो भनि संकाको लाभ दिन सकिन्छ l कारण अर्जुनबाबु माबुहाङ हामि सम्पूर्ण किराँतहरुका चम्किला गहना हुन्, हाम्रो मुन्धुमलाई परिभाषित गरिदिने हाम्रो मुन्धुमविद हुन् l हिन्दु एउटा धर्म नभएर बिस्वका सम्पूर्ण प्राणिहरुले आफ्नो जिवन सरल हिसाबमा जिउने पद्धति हो l यो सरल पद्धतिलाई जो कोहिले पनि अनुसरण गर्न सक्छ l तरै पनि हाम्रा मुन्धुमविद अर्जुनबाबु माबुहाङ ज्युलाई हिन्दु एउटा समुदायले मान्ने धर्म जस्तो लागेको छ भने हिन्दुहरुको पुज्य ग्रन्थ भागवत गितामा "अर्जुन" नाम धेरै पटक लिईएको पाईन्छ l "अर्जुन" हिन्दु धर्मका सु-योग्य पात्रा हुन् l अब आफ्नो नाम "अर्जुन" नै हिन्दु धर्मबाट सापट लिएर राख्ने अनि हामि राईहरुलाई चाहिं "राईहरूमाथि हिन्दूधर्मको प्रभाव.... हाल राईहरूले कर्मकाण्ड सबै हिन्दूकै गर्छन् l" जस्ता लान्छना लागाउनु भनेको "अरुको आङ्गमा जुम्रा देख्ने तर आफ्नो आङ्गमा भैसिं हिडेको नदेख्ने" उखानको दरो उह्दरण नै हो l मुन्धुमविद अर्जुनबाबु माबुहाङ ज्यु, मलाई चिन्नेहरुले मलाई "प्रकाश" नै भनेर चिन्छ, यदि कसैले प्रकाशको ठाउँमा "लाईट" भनिदियो भने मलाई चिन्नेहरु पनि रनभुल्ल परि "को लाईट हौ?" भनेर प्रश्न गर्छ l भलै प्रकाश र लाईटको अर्थ एकै भए पनि l त्यसरी नै साकेला-साकेवा, साकेन्वा नै भनि दिनुहोस, "चण्डी" भन्दा त के हो के हो जस्तो पो लाग्छ l !! सेवान्ने ओइ !!
Bhim
२०७५ असार २५ गते १५:५६
यीनी इङ्ल्यान्ड तिरबाट आएका हुन के हो? लालीगुरास न पा मा त अङ्ग्रेजी मात्र बोलचाल सुरू भो रे
Hang Cho Hang
२०७५ असार २४ गते १६:२३
मुन्धुम धर्म या किराँत धर्मको अर्थ- मुन्धुम धर्म या किराँत धर्म सनातन धर्म हो। सनातन धर्म को अर्थ आदिकालदेखि चलिआएको रितीस्थिति, चालचलन र परम्परा हुन्छ। समय थियो जनताहरु सभ्य र सुसस्क्रित थिये। जनताहरु प्रक्रिति र मानब बिच्को सन्तुलित चालचलन रितिस्थिति र परम्परा मान्दथे जुन कालान्तरामा बिकसित भयो। यि रितिस्थिति, चालचलन र परम्परा हरुलाई समस्टिगत रुपमा साराम्समा बिधीको रूपमा मुन्धुम ग्रन्थमा समेटिएको थियो जुन अत्यन्त बैज्ञानिक छ र अनन्त कालसम्म रहिरहने छ। मुन्धुममा किराँत सब्द उल्लेखित छैन यसबाट हुन्छ मुन्धुम धर्म नै सनतन धर्म हो र यसलाई आदिकालदेखि मानिआएका जनताहरु नै वास्तविक रुपमा धर्तिपुत्र धर्तिपुत्रि हुन पछि बाहय जातिले यो जातिलाई किराँत को रुपमा चिने किन धर्मको नाम किराँत ? धर्मको नाम इस्ट देवि|देवतको नाममा राख्नु उपयुक्त हुँदैन । एउटाै धर्म भित्र नि धेरै देवि|देवताहरु हुन्छ्न । अहिलेको कालखण्डमा धर्मको नाम किराँत राख्दा नै अहिलेको काल्मा किराँतको रुपमा चिनिएका बृहत्तर समुदायलाई समेट्छ र जनगरणामा पनि उल्लेखनिय देखिन्छ । अहिले लिम्बु|किराँत को रुपमा चिनिएका जातिरु नै धर्तिपुत्र, धर्तिपुत्री भएपनी र हामिहरुको रितिस्थिती र सस्ंकार सनातन धर्म भएपनी अहिलेको कालखण्डमा हामिहरुले किराँत नाम्ले चिनिनु राम्रो हुन्छ र उक्त सनातन धर्मलाई किराँत लेख्दै सनातनतालाई परीस्कृत गर्दै लैजानुपर्छ ।

पूर्वमा धर्मको बहसः के हो किरात ?

लिम्बुवान र खम्वुवानमा आर्य संस्कृतिको प्रभाव

सरकारले राष्ट्रिय परिचयपत्र बाँड्ने कार्यक्रमसँगै राई र लिम्बूले धर्मको महलमा “किरात” लेख्नुपर्ने उर्दी याक्थुङ चुम्लुङ र यायोख्खाले जारी नै गरिसकेका छन् । ०४८ को जनगणनामा धर्मको महलमा कुनै न कुनै धर्म लेख्नुपर्ने भएकाले राई, लिम्बूले किरात धर्म लेख्नुपर्ने अभियान यी संस्थाहरूले पहिले पनि चलाएकै थिए ।

उतिबेला काठमाडौंमा बसोबास गर्ने राई-लिम्बूहरू थोरै भएकाले कम्तिमा पनि मलामी जान पर्दा किरात भनेपछि बढी भइने र अरु धर्मको दाँजोमा गणनासम्म हुन सकिने भएकाले राई-लिम्बूले धर्मको महलमा किरात लेख्नुपरेको अगुवाहरू बताउँछन् ।
धर्म भनेको के हो ? धर्म किन चाहिने ? धर्म र संस्कार-संस्कृति एउटै हुन् वा फरक हुन् ? आजसम्म चुम्लुङ र यायोख्खाले कहिल्यै बहस गरेका छैनन् ।

जातीय संस्थाले के गर्ने, के नगर्ने ? मेरो आशय यो होइन । यस आलेखमा राई र लिम्बूका हकमा धर्मका बारेमा थोरै इतिहास कोट्याउने मात्र मेरो मनशाय हो ।

वौद्धमार्गीको आक्रमण

वास्तवमा लिम्बूजातिको आस्था र विश्वासमाथि पहिलोचोटि आक्रमण बौद्धमार्गीहरूले गरेको देखिन्छ । अढाई सय वर्ष भन्दा पनि अगाडि लिम्बूजातिका लिपिका आविष्कारक शिरिजङ्गाले धर्मका बारेमा लेखेको हज्शन पाण्डुलिपिको खण्ड ८५ मा भेटिन्छ ।

उनले लिम्बूको यो धर्म, त्यो धर्म भने उल्लेख गरेका छैनन् । उनले आफ्नो नामका अगाडि “लामा गुरु” “उगेन पोमा” भनेर प्रशस्ती गाएका छन् । “उगेन पोमा” भनेर चाहिँ सातौं सताब्दीताका बौद्ध गुरु पदमसम्भवलाई सम्बोधन गरिएको हो ।

अर्जुनबाबु माबुहाङ

शिरिजंगालाई लिम्बूजातिका लिपि-भाषा प्रचार प्रसार गरेको आरोपमा सिक्किमको पेमियोन्ची गुम्बाका टछाङ -भारदार) लामाहरूले मार्तामको रेसीखोला (कालेज खोला वारी) मा हत्या गरेका थिए ।

ताप्लेजुङ मिवाखोलाका श्रेङ लिम्बूहरूका भान्जा सुनमाल अङ्शिले नाल्बो (फचङ) मा चिबे गुम्बा बनाएर बौद्ध धर्मको प्रचार गरेको देखिन्छ । मिवाखोला लिम्बूहरूको वंशावलीले सुनमाल अंशी करिव ३५ देखि ४० पुस्ता अघिका देखिन्छन् । आजभोलि पनि केही लिम्बूहरूले आफू अङ्शी भएको भनेर भविष्यवाणी गर्दै हिँडेको भेटिन्छ ।

सन् १८४८ मा दार्जीलिङ पुगेका बेलायती वनस्पतीविद जोसेफ डाल्टन हुकरले ताप्लेजुङ तमोरखोला इलाकामा भेटेका लिम्बूहरूलाई बौद्ध धर्मालम्वीका रुपमा पाएका थिए ।

 

वौद्धपछि हिन्दु अतिक्रमण

जिउँदा इतिहासकार ज्ञानमणि नेपाल (०५५) ले संकलन गरेको १८७५ मा पूर्वका काजीबहादुर भण्डारीका नाममा पठाइएको पत्र अनुसार मैवाखोलाका फागो र मिवाखोलाका सिरेङ लिम्बूहरूले सेनकालदेखि नै स्मृति वा हिन्दूधर्म मान्न थालेको देखिन्छ ।

पृथ्वीनारायण शाहले पनि लिम्बूहरूलाई मनुस्मृति नै मान्न लगाए । त्यसपछि भने नीति मान्ने वा सनातनी मुन्धुम मान्ने लिम्बूहरूले नीति मान्न बिन्ती सरकारमा चढाएको देखिन्छ ।

बैरागी काइँला (०६३) ले हज्शन पाण्डुलिपिको खण्ड ६० मा स्मृति मान्नेमा चैनपुरका फागु चोङबाङ, मासेेेरेङका सिरिङ र याङरुपका योङहाङ र नीति मान्नेमा आङबुहाङ, हाङबाङ, साम्बाहाङ भएको उल्लेख गरेका छन् । चैनपुरका फागु भनेका मैवाखोलाका फागोहरू नै हुन् । मासेरेङका सिरिङ भनेका मिवाखोलाका सिरेङ लिम्बूहरूनै हुन । नीति मान्ने आङबुहाङ आठराई चाँगेका आङबुहाङ हुन् । त्यस्तै हाङबाङ पनि आठराई हाम्पाङका हुन् भने साम्बाहाङ चाँहि मिवाखोलाका साँबाहरू हुन ।

यसरी पटक-पटक बुद्घष्टिपछि हिन्दूहरूले लिम्बूजातिको आस्था र विश्वासमा विचलन ल्याएको देखिन्छ ।

न वौद्ध, न हिन्दू

सन् १९६६ (विसं.२०२३) सालमा नेपाल आएर ताप्लेजुङको मिवाखोलामा लिम्बूजातिका बारेमा अध्ययन गरेका फ्रेन्च मानवशास्त्री फिलिप साँगाले लिम्बूहरू न बुद्घष्टि  न हिन्दू, नाम बेगरको परम्परागत धर्म भएका छुट्टै परम्परा, अनुश्रुति, बोकेका आफ् देउ-देउता मान्ने प्राकृत भएको बताएका छन् ।

वास्तवमा लिम्बूजाति कुनै त्यस्तो धार्मिक समूह नभएर परम्परागत संस्कारिक र सांस्कृतिक समुहको रुपमा देखिन्छन् ।

हिन्दू जोसमनी पन्थबाट प्रभावित फाल्गुनन्दले खर्चालु संस्कृतिका लतमा लागेर किपट (माटो) गुमाइरहेका लिम्बूहरूलाई सुधार्न १९८८ मा सत्यहाङमापथ निर्माण गरे ।

संस्कारमा जाँड-रक्सी, माछा-मासु त्याग्नुपर्ने र छोरीको सोत (रित) खान नहुने सत्यहाङमापथको जग थियो । उनको शेषपछि सत्यहाङमा पन्थीहरूले २०३६ -?) सालमा “किरात धर्म तथा साहित्य उत्थान” नामक संस्था दर्ता गरे ।

आज आएर सत्यहाङमापन्थी लिम्बूहरू किरात धर्मालम्वीका रूपमा चिनिन्छन् । आफ्नो आस्था, विश्वास, परम्परा संस्कृति सबै लत्याएर इशाईहरूको नक्कल गर्छन् । कान फुकेर शब्दी गर्छन् । पैसा लिएर हाङवा माङवा गर्छन् । पहिले युरोपमा मध्यकालमा पास्चरहरूले स्वर्ग र नर्क पठाएवापत इन्डल्जेन्स लिएजस्तै ।

त्यस्तै सत्यहाङमापन्थी लिम्बूहरू हिन्दूको पनि नक्कल गर्छन् । होम, यज्ञादि गर्छन् । शंख फुक्ने गर्छन् । भविष्यवाणी गर्छन् ।

त्यसो त धर्म भनेपछि पाप र पुण्य, स्वर्ग र नर्कको कुरो आउँछ नै । धर्मको त आचारसंहिता पनि हुन्छ, कुन कुरा गर्न हुने र नहुने । लिम्बूको मुन्धुममा न पाप छ न पुण्य छ । न स्वर्ग, न नर्क छ । न कुनै त्यस्तो आचारसंहिता नै छ ।

पहिले लिम्बुजातिमा खर्चालु संस्कार पनि थिएन । गोर्खालीले दिएको सुवाङ्गी (सुब्बा पगरी) देखाउन फुलपाती बढाईं दुर्गापूजामा भोगवली नै अन्ततः लिम्बूजातिमा खर्चालु संस्कृतिको कारक बन्यो । वास्तवमा लिम्बू संस्कारमा देऊ-देऊतालाई भोगवली गर्ने बाध्यता हुन्न । कुलदेवी युमालाई सेगेफुङ -बाहुनीवर) अर्पण गरे पुग्छ ।

धरान महासभाको सन्देश

लिम्बूजाति धार्मिक समूहभन्दा पनि परम्परागत संस्कार र संस्कृतिभएको, प्रकृतिप्रति आस्था र विश्वास राख्ने आफ्ना पितृप्रति अगाढ श्रद्घा भएको जाति हो ।

गत ०७५ वैशाख १७ गते मात्र युमा साम्यो महासभा धरानको अगुवाईमा नेपालबाट बैरागी काइँला र सिक्किमबाट एसआर खजुमको अभिभावकत्वमा धरानमा भेला भएका लिम्बूले आफूले मान्दै ल्याएका परम्परा र संस्कारलाई नै धर्मका रूपमा विकास गर्दै लैजाने आफ्नो पितृप्रति अगाढ श्रद्घा राख्दै आइन्दा आफ्नो पितृकै नामबाट धर्मको महलमा युमा धर्म लेख्ने भनेर सहीछाप गरिसकेका छन् । उनीहरूले लिम्बूजातिको आदिम ज्ञान र चिन्तनलाई नै युमा धर्म, दर्शनको प्रारुप बनाइरहेका छन् । यद्यपि लिम्बूजातिलाई अब धर्म किन चाहिने युमा धर्मका प्रचारकहरूले बताउन सकेका छैनन ।

रोमन मिसनरी फादर गसेप दि रोभाटो लाशा हुँदै नेपाल उपत्यका छिरे । उनी १७६९ ई. मा उपत्यकाबाट निकालिए । बाहिरिएपछि मकवानपुरदेखि बेतिया हुंदै र्फकने क्रममा उनले स्वतन्त्र किरात राज्य भेटेको र उनले किरातीहरूको कुनै धर्म नभएको पनि चर्चा गरेका छन् ।

खम्बुवानमा हिन्दुत्वको प्रभाव

राईहरूको आस्था, विश्वासलाई प्रभाव पार्न बुद्घष्टिहरूले पनि सकेको देखिन्न । सम्भवतः उनीहरूलाई अरुण नदीले पनि छेक्यो । तर, सेनकालमा खार्पाका पोखरेलहरूले पुरोहित्याइँ गर्ने बिर्ता नै पाएकाले राईहरूमाथि हिन्दूधर्मको प्रभाव पर्न थाल्यो ।

राणाकालमा दिङ्लाका बालागुरु षडानन्द र मझुवाबेंसीका योगमायाहरूले हिन्दूधर्मका केही सम्प्रदायहरूको ठूलो प्रचार-प्रसार गरे ।

हाल राईहरूले कर्मकाण्ड सबै हिन्दूकै गर्छन् । बाँकी संस्कृतिको नाममा बचेको चण्डी र सिली पनि पञ्चायतकालमा बामपन्थीहरूले सिलिकै धुनमा जनवादी गीत बनाइदिए । चण्डी नाच पनि आजकालका ठिटाहरूले क्याबे्र डान्स बनाइदिएका छन् । त्यसैले आज आएर राईहरूको परम्परा र संस्कृति मात्रै पनि ठम्याउन गाह्रो छ ।

आज राईहरूले भन्नलाई चाहिँ आफूहरू पूर्वको सबैभन्दा ठूलो र सभ्य जाति भएकाले राज्य नै चाहियो भन्छन् । तर, अल्पसंख्यकको कोटाबाट भए पनि जे बन्न पनि चुक्दैनन् । कोही गड एन्जेल बनेका छन् ।

केही मित्रहरूले राईहरूको मुन्धुममा “येल” को अर्थ भेटिएको भनेर दावी गरे पनि उपत्यकामा किरातकालका प्रशासनिक शब्दहरू जस्तै “कुथेर, माप्चोक, लिङवल” राईजातिको बोलचालमा हालसम्म छन् वा छैनन ? र, ती किन छैनन ? सोध्न मन लागेको छ ।

राईजातिले आफ्नो इतिहास जोड्न मुन्दुममा “येल” को अर्थ खोजिरहनुपर्दैन । जयस्थिति मल्लका पालामा संकलित गोपालराज वंशावलीमा “एते द्वात्रिश किरातराजाः, तामज्जर्णकोशकीटटाद्भबायेः अथवा “यी बत्तीसजना किरात राजाहरू भएÙ किरात राजाहरू तामाकोशी र सुनकोसीका तटमा जन्मेका ” भनेर लेखिएको योगी नरहरीनाथद्वारा २०२२ मा संकलित “इतिहास प्रकाशमा सन्धिपत्र संग्रह” मा छापिएको छ ।

अथवा, राईहरूका पूर्खाले सुनकोशी र तामाकोशीको किनारबाट उपत्यका गएर त्यहाँ ३२ पुस्तासम्म राज्य गरेका हुन् । धनबज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा ०३७ मा संकलित “शाहकालका अभिलेख” पुस्तकमा केलटोल वालकुमारीको अभिमानसिंह बस्नेतको अभिलेखमा “नवलख देश किरात” शब्दहरू परेका छन् ।

अर्थात्, “नौलाख किरात” को थिए त ? वि.सं १८३०-३१ मा अभिमानसिंहले किरात हान्दा उतिखेर राई मात्र थिए त नौ लाख ? कि हज्शनले भनेजस्तै राईबाटमात्रै नौलाख आना कर उठ्थ्यो त ? त्यत्रो संख्या त लिम्बूलाई जोड्दा पनि पुग्दैन ।

राणाहरूले लिम्बुहरूको भुमिलाई पल्लो किरात लिम्बुवान भनेर सम्बोधन गरेपछि लिम्बूहरूलाई पनि किरात भनिन थालियो । किरात वा राईको वास्तविकतासँग किराती भनेर चिनिने जो कोही पनि नजिकिन चाहँदैनन् । गोर्खालीबाट परास्त भएर कोशी तरेका चौदण्डीका चौतारियालाई हज्शन पाण्डुलिपिको खण्ड ८५ मा शिरिजङ्गा लिपिमा लिम्बूभाषामा लेखिएको लेखोटमा अगमसिंह खम्बू भनेर लेखिएको छ ।

एच.एच. रिस्ले (१८९१/ १९७२ ई.) द्वारा लिखित “गजेटियर अफ सिक्किम” नामक पुस्तकमा फेब्रुअरी १८९१ ई. मा सिक्किममा लिइएको जनगणना अभिलेखमा खम्बूहरूकोे जनसंख्या पुरुष ७२६, महिला ६४८ र वालवालिका ५८९ गरी जम्मा १९६३ लेखेको पाइएको छ ।

उक्त जनगणनाको जाति कोलममा ‘राई’ र “जिमदार” भनेर पुरुष ७४२, महिला ६९१ र वालवालिका ५८७ भेटिन्छ । जिमदार तर ‘किरात’ का बारेमा कुर्न चर्चा छैन । उक्त जनगणनामा लाप्चाहरूलाई त्यहाँकै भूमिपुत्र मानिएको छ भने खम्बू र लिम्बूलाई अरुणवारि र पारिबाट आएका भनिएको छ ।

नारायण संग्रौला (२०५६) को शोधपत्रमा पाइएको १८८० को कागजमा आठराईका राईलाई ‘खम्बु’ भनेर सम्बोधन गरेको पाइन्छ । गोर्खालीहरूको सरकारी कागजमा ‘खम्बू’ लेखिएको सम्भवतः पहिलो कागज हो यो ।

सन् १७७४ सम्म खम्बूहरू गोर्खालीहरूसँग परास्त भइसकेका थिए । योगी नरहरीनाथ (२०२२) द्वारा सङ्कलित कागजहरूमा वि.सं १९१४ को लडाइँमा लिम्बू र खसहरूले वीरता देखाएवापत खसलाई क्षेत्री बराबर र लिम्बुलाई मासिनेबाट नमासिने जातमा राखेको पाइन्छ । यसको मतलव लिम्बुहरूलाई पनि रणबहादुर शाहकालदेखि जङ्गबहादुरको समयमा मासिने जातमा झारिएको थियो ।

उबेला जातिच्युत हुनु ठूलो अपमान मानिन्थ्यो । सायद जातिच्युत भएका खम्बूहरूलाई खम्बूको नामले गोर्खालीले कहिले पनि सम्बोधन गरेनन् । बरु अमाल लिएर राय (राई) बनाए । असभ्य किराती भने ।

हिजो खम्बू भन्न गोर्खालीको डर थियो । तर, आजका दिनमा पनि केही अगुवा राईहरूले आफु खम्बु भएको थाहा पाएर पनि किरात नै भन्छन् । जस्तो-गोपाल खम्बूले फेरि किराती लेख्न थाले ।

वास्तवमा किरात जाति, भाषा, धर्म केही पनि नभएर आर्यहरूले दिएको नाम मात्र बुझिन्छ । आफूभन्दा बेगल जीवनशैली, शारीरिक स्वरुप, भाषा, संस्कार, संस्कृति बोकेका समूहहरूलाई नै सामुहिकरुपमा किरात भनेर सम्बोधन गरेका हुन् ।

(मुन्धुमविद माबुहाङ तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका मेयर हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment