Comments Add Comment

हारपछि रंगशालामा पोखियो स्वीडिस फ्यानको भावुकता

२४ असार, काठमाडौं । स्वीडेनको विश्वकप सपनामा ईंग्ल्यान्ड बाधक बनेपछि स्वीडिस फ्यानहरुले मन थाम्न सकेनन् । उनीहरुले बर्बरी आँशु झारेर रोएको दृष्य निकै भावुक थियो ।

क्वार्टरफाइनलमा ईंग्ल्यान्डलाई स्तब्ध पारेर आफ्नो देशले सेमिफाइनलमा स्थान बनाउने विश्वासका साथ हजारौं स्वीडिस फ्यानहरु खेल हेर्न रसिया आएका थिए । तर, गारेथ साउथगेटको टिमले अलराउन्ड प्रदर्शन गर्दै २-० को जित हासिल गर्‍यो ।

ह्यारी मागुइयर र डेले अल्लीको गोलले विश्वकप सपना चकनाचुर पारिदिएपछि स्वीडेनका समर्थकहरु भावविहृवल बनेका थिए । म्याच सकिनुभन्दा केही मिनेट अगाडिदेखि एक फ्यान ग्वाँग्वाँ रुन थाले । अर्का एक फ्यान जो कुनै खेलाडीका साथी भएको विश्वास गरिएको छ, को पनि यही हालत थियो ।

यसअघि समूह चरणमा जर्मनीले अन्तिम क्षणमा गोल हानेर जित हासिल गर्दा पनि स्वीडेनका फ्याहरु यसैगरी भावुक बनेका थिए । यद्यपि, स्वीडेनले जर्मनीलाई अंक तालिकामा उछिन्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment