Comments Add Comment

अनुमतिविना क्यानडा जान खोज्दा उपकुलपति कोइरालालाई रोकिएको होः गृहमन्त्री थापा

२४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा. डा. कुलप्रसाद कोइराला अनुमतिविना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले अनुमतिविना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिइएको बताएका हुन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले सो सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराएका थिए ।

शनिबार अपरान्ह क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लागेका उपकूलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment