Comments Add Comment

मन्त्रालयको छतमा कसले राख्यो उल्टो झण्डा ?

२४ असार, काठमाडौं । यो प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवन हो । हरेक सरकारी भवनमाजस्तै यसमा पनि राष्ट्रिय झण्डा राखिएको छ ।

तर एक पटक नियालेर हेर्नुस् त, यो नेपालको राष्ट्रिय झण्डा हो कि होइन ? तपाई अन्योलमा पर्नुभयो होला ।

यसमा नेपालको राष्ट्रिय झण्डामा अंकित चन्द्र र सूर्य दुबै छ । निलो गाढा किनारा पनि छ ।

तर खासमा नेपाली झण्डामा तोकिएजस्तो माथि चन्द्र र तल सूर्य अंकित हुनुपर्ने थियो । यसमा भने माथि सूर्य र तल चन्द्रमा अंकित छ । अर्थात यो झण्डा उल्टो बनाएर राखिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणका क्रममा राष्ट्रिय झण्डाको आकार नमिलेको भन्दै संघीय सरकारले त्यहाँका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीलाई प्रष्टीकरण सोधेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment