1. ताजा अपडेट
Comments Add Comment
nepali keto
२०७५ असार २७ गते १०:४०
टुक्का महाराजको हो यो सरकार, ५ वर्ष त मोज गरिन्छ नि यार ।। रेल र जहाजको सपना बाँडेकै छु, मेरै गर भक्ति नत्र हाल्छु कारागार ।।
नारायणी भन्डारी
२०७५ असार २६ गते १२:३३
अझै पनि सरकारको विरुद्ध खरो उत्रन नसक्नु र उल्टै ‌‌‍पत्रकार माथि नै प्रश्न गर्न खोज्ने झोलेहरुले गर्दा विग्रेको देश हो । सवै पाटिका कार्यकर्ताहरु मात्र छन् कोहि छैनन् सच्चा नेपाली नागरिक । धिक्कार छ गठबन्दन। ३ करोड नेपालीले श्राप दिइरहेको छ ओलिको अधिनायकवादि प्रवृत्तिलाई ।
bibek gautam
२०७५ असार २६ गते ११:४८
stable government bhaye po desh bikash huncha bhanthey ,ahile cha feri 'adhinayakbad' re ,khai k khai k , janata bhanda dherai neta bhako desh ma sadai yestai ho...
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७५ असार २५ गते १३:१४
As I experienced Nepali communist dictator that, after BS 2027-2028 Jhapa Violence and 2052-2063 Maoists violence , every Communist Leader want to be a totalitarian dictatorship like Stalin or Mao. They want control all aspects of national life, including the beliefs and attitudes of its people. They are credited with almost infallible wisdom, because to admit that he may be wrong would deprive the regime of its authority (ship/rail project). I would say this in Nepali Communist and Monarchy or Rana regime “the cult of personality” . It appears to have given way to the dominance of a group of party leaders — a ruling oligarchy. • Nepali communist dictatorships that are institutionalized (elections) can not transform to democracies. • In Nepal, the communist dictatorship has the greatest risk of falling to democracy, while single-party regimes like Panchyat was the lowest • Although corruption, economic crises, high level of inequality are other factor promote transitions towards dictatorships –but not related to Nepal UML/NCP case • The existence of Communism explains the existence of dictatorships it cements dictatorships
rai
२०७५ असार २५ गते ८:१४
Sankraman kal ma janmeko patrakar lai "Shrawan ma aankha phuteko goru le sadhai hariyo dhekhcha" vanne jasto vako matra ho. patrakar mohadaya aba sankraman kal saki sakyo aba sabailai lolipop khuwayera pulpulayera rakhnu pardaina. niyam kanun ali kadanai garnuparcha, cahe teslai adhinayakbaad nai kina navanosh. hunata aajkal desh ko tarkari bajarma ni aalu ra vindi ( ramtoori) ko adhinayekbaad chalekai cha aaru tarkari payinna k vanne.
SK Sharma
२०७५ असार २५ गते ७:५९
प्र. म. के. पि. ओलीलाई अधिनायकवादी देखाएर यो प्र्त्रकारले पानी धुमुल्याउन थालेको देखियो। म के पि ओलीको कार्यकर्ता होइन, तर यो लेखले भर्खर संक्रमन बाट निस्किएको देशको बेबस्थालाई फेरी उही पुरानै स्थितीमा पुर्याउन खोजेको छ। भन्ने बेला चाँही यो देश लाई कडा खाले कार्यकारी चाहिन्छ भन्ने, अनी ओलीले छाडातन्त्र लाई रोक्न खोज्दा के को रुवाइ हो? अघी बढ के पि, हामी छौ तिम्रो साथमा।
KP
२०७५ असार २५ गते ७:३१
Kuro right ho! Until today I have ever voted for UML. But to see KP's indifference to Gobindia KC, Ganga maya and Sharebazar, we are regretting having voted for him.
Nepali
२०७५ असार २५ गते ४:४५
अेालीले गरेका कामकेा बिरेाध गरेर चर्चामा अाउन खेाज्नु बिपक्षिकेा काम नै हेा । बिरेाध नै नगरे त अेाली अझ लेाकप्रिय हुन्छन भन्ने डर बिपक्षिलाइ छ । अब रहयेा अेालिले काम गरेनन भन्ने , काम कसरी गर्नु ? बाटा बिस्तार गर्न खेाज्येा सर्बेाच्चले राेक्छ , जनपक्षिय काम गर्न खेाज्येा प्रतिपक्षहरू कसरी असफल बनाउने भन्दै टुनाबुना बुन्न थाल्छन । अेाली जिन्दाबाद । अेाली पछि केा नेपालमा सक्षम प्रधानमन्त्री पाउन युवा पूस्ताबाट नयाँ अनुहार अाउनु पर्छ । जय नेपाल
kriparam
२०७५ असार २४ गते २१:४९
भोट जितेर आएको बैधानिक सरकार लाई काम गर्न दिनेकी ? देशलाई अस्थिरता तिर धकेल्ने? १० बर्से काट मार, अशान्ति कति छिटो बिर्सेको ? आफ्नो राजनैतिक स्वार्थ हेर्ने कि , देसको उन्नति ??
Dil Gurung
२०७५ असार २४ गते २१:४१
भारत को नकाबदी बिद्रोद गरे को ब्याज को सरकार हो यो
Khamma Singh Darlami
२०७५ असार २४ गते २१:३३
I think innocent Nepali people will vote Mr Oli again and again. They may win form the government for another 50 years continusly. Soon our country will be like Venuzuala
RBK
२०७५ असार २४ गते २१:२८
Dear PM Oli jiu Take long and deep breath... think ... meditate... review your all talks Train is good for nation... but don't talk too much.. you don't know about the technical aspects of it... appoint the Train depart to work... tell us the progress... You can dream but you can't do yourself... you can appoint Mahabir pun and other technical mind people... Talk the weighty words... don't talk like the farmers in the field... be serious. It's your golden opportunity to do something for nation. Respect others, listen to all, make collective decision... We don't want to see you failing but if you act in this way... you will fail.
babu pandey
२०७५ असार २४ गते २१:१३
भनेपछि नेपालगञ्जको २ दिने गुटको भेलाले यस्तो निष्कर्ष पो निकालेछ है । कठै बरा दुखी आत्माहरु ।
सेरे
२०७५ असार २४ गते २०:२६
आलोचना नसहने, विपक्षीसँग असाध्यै असहिष्णु, घमण्ड गर्ने, अनि प्रशंसाको भोकमा डुबेका ओलीले अहिले सरकारमा त्यही अभ्यास गर्न खोजेेको विश्लेषण नेकपाभित्र हुन थालेको छ
no name
२०७५ असार २४ गते २०:२१
भाेट दिएर जिताउने पनि हामी janataho aba tapai lai pani aida lagaune pani hami ho oli G baru tayar rahanu hola
up
२०७५ असार २४ गते १९:५२
YO DESH KO SATTA UNPADH KO HAT MA GAYO. YO DESH MA AB KANOON RA NYAYA KEHI PANI HUNNA KIN KI YO DESH MURHKA KO HAT MA GAYO.
kangyajogi
२०७५ असार २४ गते १९:४२
यो सही बिश्लेषन हो।यस्तै प्रबृति सरकारले लिये नेताका भोट मात्र पाटीलाई पर्नेछ भने जन्ताका भोट जन प्रिय ब्यक्तिलाई जानेछ।माधव प्रचंण्ड रू हेरेहेरै हुनेछन। अन्नेथा प्र मं ले दलाल मंत्रीहरूलाई पदच्यूत गर्नै पर्दछ। रघुबीर,गिरीराजमणी,र रबीन्द्र अधिकारीलाई प्र मं ले चेतना दिनै पर्छ।
Bikash
२०७५ असार २४ गते १९:४०
Oli aklailai kei hune hoina team milnu pareo ni ..hami ma kasaile ramro kam garda badi heat huncha ki bhanne tension line maanish haruko thulo vid cha ...negative matrai kura garau sayhiho ani sabai ramro huncha ...
Avas Upadhyay
२०७५ असार २४ गते १९:३२
त्यसैगरी सरकारलाई पैसा कहाँबाट आउँछ ? राजस्वबाट । त्यसपछि उनले राजश्व अनुसन्धानलाई आफ्नो मातहतमा ल्याए । आफ्ना मान्छेलाई जोगाउन र अरुलाई डाम्न मिल्ने संयन्त्र के छ भनेर उनले खोजे
Dina
२०७५ असार २४ गते १९:२५
सुसिल कोइराला को जत्तिको पनि बुद्धी नभएको नेता । तर जोक चै मन पर्छ है औपचरिक शिक्षा नलिए पनि कारागार बसाइको क्रममा जोकहरूको अध्ययन गरेका रहेछन । राम्रो कामको प्रसंमसा सबैले गर्छन् । सिमाङ्कन सम्सोधन र नाकबन्दिको खुलेर बिरोध गरेर नै उचाइ लिएका हुन तर त्यसलाई साथ् काग्रेश माओवादी नेता र आम जनताको पनि साथ थियो । बाँकी कुरामा सबैमा असफल, यो चै राम्रो काम गरे है भनेर भन्ने कुनै काम छैन । सेरे बोलेको बुझ्न्न सकिन्न यनी बोल्दा मजाको हासो आउछ । फरक त्यती हो । शायद वजनदार नेताको खडेरी परेको छ नेपालमा जुन नयाँ युवा पुष्तामा पनि देखिन्न । अब सेरे रामचन्द्र झलनाथ माधव ओली प्रचन्ड बाबुराम जस्ता नेताहरूले लोभ नगरे हुने थियो ।
Prakash Rai
२०७५ असार २४ गते १९:२२
नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’ धन्दा नमान्नु होस् नेता ज्युहरु , रहन्छ l "दाज्यु कोतवाल रहे सम्म भाईलाई केको डर" अर्को निर्वाचन आउनु केहि महिना हुँदा दाज्युलाई भनेर अघोसित नाकाबन्दी लगाई दिन्छ l अनि यता भाईले सोत्तोर सराप गर्छ (विगतमा जस्तै) हामि नेपालि जनताले लु हो यिनी हुन् खाट्टी देसभक्त भनेर भोट हाली फेरी बहुमतमा आसिन गराई हाल्छौं नि l आफ्नो भलो चहाने हो भने नेता ज्युहरुले पनि "देउसुरे" मात्र भन्नु होला l
Raaj
२०७५ असार २४ गते १९:१५
लथालिङ पारा ले चलेको kangresi सत्ता जस्तो होस् भन्ने होला त्यस्तो भए पत्र kaar ले पनि हल्क खान पाउने अब निएम कानुन मा चल्न पर्दा अधिनाएक बाद । कस्तो आँखा हो पत्रु kaar को पनि?
balbir yadav
२०७५ असार २४ गते १८:५९
Sahe kuro.....kp oli will not be perfect prime minister of our country..

नेकपाभित्रै यसरी हुर्कियो ‘ओली अधिनायकवाद’

नेताविहीन प्रतिपक्ष, बेलगाम सत्ताको यात्रा


२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अधिनायकवादी नभएको महिनौंदेखि स्पष्टीकरण दिइरहेका छन् । अधिनायकवाद हटाउन १४ वर्ष जेल बसेको र लोकतन्त्रकै लागि जीवनभर लडेको व्यक्ति अधिनायकवादी हुनै नसक्ने प्रधानमन्त्री ओलीको तर्क छ ।

अर्कोतर्फ, ओली नेतृत्वको सरकार अधिनायकवादी दिशामा अघि बढेको भन्दै विपक्षी कांग्रेस र नागरिक समाजका सदस्यसमेत आन्दोलित हुन थालेका छन् ।

सत्तापक्ष र विपक्षका तर्क-वितर्कले अधिनायकवादको बहसलाई सतकमा ल्याएको छ ।

अधिनायकवादको पक्ष-विपक्षमा वाद-प्रतिवाद भइरहँदा स्वयं ओलीले नेतृत्व गरेको नेकपाभित्रैको एउटा ठूलो समूह ओलीको बचाऊका लागि मैदानमा उत्रिएको छैन । आखिर किन ओलीकै पार्टीका नेताहरु उनको बचाउमा बोलिरहेका छैनन् ? यसो हुनुको कारण हो- पूर्वएमालेमा केपी ओलीले हुर्काएको आन्तरिक अधिनायकवाद ।

आलोचना नसहने, विपक्षीसँग असाध्यै असहिष्णु, घमण्ड गर्ने, अनि प्रशंसाको भोकमा डुबेका ओलीले अहिले सरकारमा त्यही अभ्यास गर्न खोजेेको विश्लेषण नेकपाभित्र हुन थालेको छ ।

नेकपाका केही नेताहरुको विश्लेषण के छ भने केपी ओली अधिनायकवादी बाटोमा अघि बढेको सरकारमा पुगेर मात्रै हैन । एमालेको अध्यक्ष हुँदादेखि नै ओलीले पार्टीभित्र अधिनायकवाद लादिरहेकै थिए । त्यसको मार झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले भोग्दै आएका थिए/छन् ।

आलोचना नसहने, विपक्षीसँग असाध्यै असहिष्णु हुने, घमण्ड गर्ने, अनि प्रशंसाको भोकमा डुबेका केपी ओली पार्टी जीवनमा अलोकतान्त्रिक भएकाले अहिले सरकारमा उनले त्यही अभ्यास गर्न खोजेेको विश्लेषण नेकपाभित्र हुन थालेको छ ।

आखिर, नेकपाभित्र ‘ओली अधिनायकवाद’ कसरी हुर्कियो ? ओलीले पार्टीभित्र कसरी अधिनायकवादको अभ्यास गरे ?

‘आलोचनात्मक चेत’ को हत्या

तत्कालीन एमाले नेताहरुका अनुसार जतिबेला झलनाथ खनाल पार्टी अध्यक्ष थिए, नेतृत्वको आलोचना खुलेर गर्न पाइन्थ्यो । पार्टी अध्यक्षको आलोचना गर्दा आफ्नो राजनीतिक जीवनमा धक्का लाग्छ कि भनेर कुनै पार्टी सदस्यले डराउनुपर्दैनथ्यो ।

तत्कालीन उपाध्यक्ष एवं वर्तमान राष्ट्रपति विद्या भण्डारीले एउटा बैठकमा तत्कालीन अध्यक्ष खनाललाई ‘गधालाई धोएर गाई हुँदैन’ समेत भनिन् । केहीले ‘तपाईको नाम त झल्लु खनाल हुनुपर्ने हो, कसरी झलनाथ भएछ’ समेत भन्न भ्याए ।

तर, आफ्नो आलोचना भइरहँदा खनाल ती शब्दहरु डायरीमा टिपेर बसेका थिए । उनले न कुनै बैठकमा आफ्नो आलोचना गर्नेहरुको मुख बन्द गर्न खोजे, न त प्रतिशोध साँधेर आलोचकहरुलाई जिम्मेवारीविहीन नै बनाए ।

केही नेताहरुले त झलनाथलाई जिस्क्याउँदै त्यसबेला सोधेेका थिए, तपाईको नाम झल्लु खनाल हुनुपर्ने भनेको कुरा पनि डायरीमा टिप्नुभएको छ कामरेड ?’

खनालभन्दा अघि माधव नेपालको कार्यकालमा पनि केपी ओलीले बेग्लै गुट चलाएर बसेका थिए । त्यसबेला नेता नेपालले पनि अहिलेजसरी पार्टीभित्र निषेधको नीति नपनाएको नेपालनिकट नेताहरुको दाबी छ ।

तर, अहिले केपी ओलीको आलोचना गर्नासाथ पार्टीभित्रै किनारा लाग्नुपर्ने स्थिति भएकाले पार्टीभित्र आलोचनात्मक चेत मर्दै गएको पूर्वएमालेका नेताहरुको गुनासो छ । यो समस्या पार्टी एकता हुनुभन्दा अघि एमालेमा बलियोसँग जरा गाडेको ओलीका ‘प्रतिपक्षी’ कम्युनिष्ट नेता बताउँछन् ।

तर, के पार्टीभित्र आलोचनात्मक चेत मर्दै जानुमा केपी ओली र उनको समूहमात्रै जिम्मेवार छ त ? आखिर प्रश्न उठछ, किन मर्दैछ त नेकपाका नेताहरुमा आलोचनात्मक चेत ? कि प्रधानमन्त्री ओली विगतदेखि नै असहिष्णु एवं अलोकतान्त्रिक स्वाभावका नेता हुन् ?

यसको कारण जान्न ओलीको राजनीतिक ‘करियर’ तर्फ फर्किएर हेर्नुपर्ने हुन्छ ।

चुनावमा टिकट माग्न जाँदा पनि महाधिवेशनमा मलाई भोट दिएका थियौ र ! भन्ने बचन खाएका नेताहरु नेकपामा अझै जिउँदै छन् ।

विगतमा ओली स्वयं आफ्नै पार्टी नेतृत्वको खरो आलोचक थिए । उनको ‘प्रतिपक्षी’ टिमका धेरै नेताहरु पार्टी नेतृत्वमाथि व्यक्तिगत आरोप लगाउनसमेत पछि पर्दैनथे । झलनाथ र वामदेवलाई माओवादीपरस्त भनेर ओलीले सार्वजनिकरुपमै भन्ने गरेका थिए ।

तर, जब नवौं महाधिवेशनबाट उनी एमालेको अध्यक्षमा निर्वाचित भए, नेतृत्वको आलोचना नेताहरुकै लागि प्रत्युपादक हुन थाल्यो । ज-जसले ओलीसँग फरक मत राखे, उनीहरुले जिम्मेवारी पाउन छाडे । कतिसम्म भने ओलीजस्तै पार्टी कार्यकर्ताको भोट पाएर उपमहासचिव बनेका धनश्याम भुसाललाई समेत ठोस जिम्मेवारी दिइएन ।

चुनावमा टिकट माग्न जाँदा पनि महाधिवेशनमा मलाई भोट दिएका थियौ र ! भन्ने बचन खाएका नेताहरु नेकपामा अझै जिउँदै छन् । सिन्धुलीका सांसद गणेश पहाडीले केन्द्रीय सदस्य हुँदाहुँदै टिकट पाउन निकै पापड बेल्नुपर्यो । युवा नेताहरु ठाकुर गैरे, विजय पौडेल जस्ता नेताहरु उम्मेदवार बन्न सकेनन् । एक नेता भन्छन्, ‘असाध्यै बाध्यताबाहेक कसैलाई पनि राम्रो जिम्मेवारी दिइएन ।’

नेकपाका केही नेताहरुको दाबी के छ भने हिजो एमालेमा ओलीले अध्यास गरेको यही असहिष्णु शैली अहिले सत्तामा सरेको छ ।

नेताविहीन ‘प्रतिपक्ष’

कम्युनिष्ट नेताहरुले गुट चलाउँदा भन्छन्, ‘अभिव्यक्तिमा स्वतन्त्रता, काम कारवाहीमा एकरुपता’ अर्थात पार्टीभित्र आफ्नो विचार राख्न पाइन्छ तर, पार्टीले निर्णय गरेपछि त्यसलाई सबैले मान्नुपर्छ ।

तर, पछिल्लो समय नेकपाभित्र अभिव्यक्ति स्वतन्त्रतामा केपी ओली पक्षको ‘सेल्फ सेन्सर’ लागेको देखिन्छ । बन्द कोठामा नेताहरु सरकारको काम कारवाही अनि मन्त्री तथा प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्छन्, तर, सार्वजनिक फोरमहरुमा बोल्न सक्दैनन् ।

यसको कारण ओली असहिष्णु हुनु मात्र होइन, नेकपाभित्र ‘प्रतिपक्षी’ नेता नहुनु पनि हो ।

जतिबेला माधव नेपाल, झलनाथ खनालहरु नेतृत्वमा थिए, ओलीले विपक्षी गुट चलाए । उनी गुटको संरक्षण गर्थे, आफ्नाहरुको संरक्षणका लागि उनी नेतृत्वसँग लड्थे ।

तर, जब ओली पार्टीको नेतृत्वमा आए, उनीसँग चुनाव लडेका माधवकुमार नेपाल मात्र होइन, झलनाथ खनानल पनि विपक्षी नेता बन्न सकेनन् ।

माधव नेपाल पछिल्लो समय ‘फरक मतका नेता’ नभएर ‘ओलीका सहयोगी नेता’ जस्ता बनेका छन् । खनालको बरियता खोसेर आफूलाई दिएपछि उनमा ओलीसँगै मिलेर नेकपाको अध्यक्ष बन्ने मोह जागेको छ ।

प्रचण्ड पनि अहिले ओलीसँग लड्ने मुडमा देखिएका छैनन् । केपी ओलीविरोधी जनमत आफूसँग नजिक होस् भन्ने चाहन्छन् तर, भोलिको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि प्रचण्ड ओलीलाई पनि चिढ्याउन चाहँदैनन् ।

झलनाथ क्रमशः शारीरिक रुपमा धेरै सक्रिय हुन नसक्ने अवस्थामा पुगेकाले उनीबाट प्रतिपक्षीको भूमिका अब सम्भव देखिँदैन । वामदेव गौतम संसदीय दलको नेतामा ओलीले दिएको घोका र चुनावमा भएको अन्तरघातबाट आहत भएर मौनब्रतमा बसेका छन् ।

पार्टी एकतापछि नेकपाका कतिपय नेताहरुले पुष्पकमल दाहाल प्रचण्डबाट ‘फरक मतका नेता’ को भूमिका निर्वाह हुने आश गरेका थिए । माओवादी अध्यक्ष रहँदा थुपै्र मुद्दाहरुमा ओलीलाई टक्कर दिएका प्रचण्डलाई एमालेको एउटा समूहको पनि भित्री साथ र आश थियो ।

तर, प्रचण्ड पनि अहिले ओलीसँग लड्ने मुडमा देखिएका छैनन् । केपी ओलीविरोधी जनमत आफूसँग नजिक होस् भन्ने चाहन्छन् तर, भोलिको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि प्रचण्ड ओलीलाई पनि चिढ्याउन चाहँदैनन् । प्रचण्डको यही मध्यमार्गी नीतिले गर्दा नेकपाभित्र यतिबेला प्रतिपक्षी नेताको अभाव खड्किएको छ ।

जसरी देशमा लोकतन्त्रका लागि बलियो प्रतिपक्ष चाहिन्छ, त्यसैगरी अन्तरपार्टी जनवादका लागि पार्टीभित्र वैकल्पिक नेतृत्व र वैकल्पिक विचार शक्तिशाली हुन जरुरी छ ।

पार्टीमा जस्तै सरकारमा हालीमुहाली

ओलीले पार्टीलाई सामुहिक नेतृत्व प्रणालीअनुसार नचलाएको गुनासो माधव नेपाल पक्षका नेताहरुले चुनावअघिसम्म गर्दै आएका थिए । तर, ओलीले जब प्रधानमन्त्री बन्ने मौका पाए, उनले पार्टीलाई लोकतान्त्रिक ढंगले चलाउनु त परै जाओस्, सरकार सञ्चालनसमेत व्यक्तिवादी शैलीमा चलाउने अभ्यास सुरु गरे ।

जब ओली प्रधानमन्त्री भए, उनले देशभरको सूचना कहाँबाट आउँछ भनेर हेरे । त्यसरी सूचना आउने राष्ट्रिय अनुसन्धानलाई गृहमन्त्री बादलको क्षेत्रधिकारबाट तानेर आफ्नै मातहतमा ल्याए ।

त्यसैगरी सरकारलाई पैसा कहाँबाट आउँछ ? राजस्वबाट । त्यसपछि उनले राजश्व अनुसन्धानलाई आफ्नो मातहतमा ल्याए । आफ्ना मान्छेलाई जोगाउन र अरुलाई डाम्न मिल्ने संयन्त्र के छ भनेर उनले खोजे । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागलाई आफ्नो मातहतमा ल्याए ।

यसरी प्रधानमन्त्री ओलीले आफूकेन्द्रित व्यक्तिवादी कार्यशैलीलाई पार्टीबाट क्रमशः सरकार सञ्चालनमा भित्र्याए ।

प्रधानमन्त्री ओलीले सल्लाहकारहरु पनि प्रश्नै गर्न नसक्नेहरुलाई राखेका छन् । यसैले उनीहरु ओलीले कुनै गलत कदम चाल्दैछन् भन्ने थाहा भए पनि सच्याउने प्रयत्न गर्न सक्दैनन्, ओलीको बोलीमा लोली मात्र मिलाउँछन् ।

‘अब केपी ओली बेलगाम यात्राबाट फर्कनु अनिवार्य छ’ नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’

फलतः प्रधानमन्त्री ओली विगत चार महिना यता क्रमशः अलोकपि्रय हुँदै जान थालेका छन् । पार्टी सञ्चालनमा समेत लोकतान्त्रिक हुन नसकेका उनी सरकार सञ्चालनमा असहिष्णु, दम्भी र अधिनायकवादी स्परुवमा देखा पर्न थालेका छन् ।

कहिले होला बेलगाम यात्राको अन्त्य ?

भारतीय नाकाबन्दीविरुद्ध लिएको अडानले केपी शर्मा ओलीले राष्ट्रवादी नेताको छवि बनाए । आम जनताले समकालीन नेताहरुमध्ये उनलाई नै रुचाए । त्यही बलमा एमाले र माओवादीको वाम गठबन्धनले आमचुनाव जित्यो र ओली शक्तिशाली प्रधानमन्त्री भए ।

नेकपाका एक नेताका अनुसार प्रधानमन्त्री केपी ओली अहिले आफ्नो बेलगाम यात्राको ‘क्लाइमेक्स’मा पुगेका छन्, जसको ‘फल डाउन’ अवश्यंभावी छ ।

ओलीको अधोयात्राका संकेतहरु पनि देखिन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दागर्दै पनि सत्तारुढ दल नेकपाकै सांसदहरुले बजेटको चर्को आलोचना गर्न पुगे । नेकपाको पछिल्लो स्थायी कमिटीको बैठकमा पनि धेरै नेताहरुले सरकारको कामकारबाहीबारे खुलेर प्रश्न उठाए । यद्यपि पार्टीका अर्का अध्यक्ष प्रचण्डले यसबारे समीक्षाका लागि छुट्टै बैठक बोलाउन बताएपछि केही रोकिएको छ ।

माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा, डा. गोविन्द केसीको आमरण अनसन र विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई लिएर पार्टीभित्र मात्र होइन, बाहिर पनि सरकारविरोधी जनमत बन्न थालेको छ ।

‘अब केपी ओली बेलगाम यात्राबाट फर्कनु अनिवार्य छ’ नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment