Comments Add Comment

ओलीलाई राजपाको प्रश्न : संविधान संशोधन गर्ने कि नगर्ने ?

फाइल फोटो

२४ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ ।

आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने निर्णय गरेको हो । भोलि ओलीलाई भेटेर संविधान संशोधन गर्ने कि नगर्ने ठोस धारणा माग गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

सरकारको जवाफका आधारमा समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय हुने नेताहरुले बताएका छन् ।

अध्यक्ष मण्डलको बैठकले संसद र संसदीय गतिविधिलाई समीक्षा गर्न सोमबार सिंहदरबारमा साढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाएको छ ।

भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए । जिल्लामा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ ।

जिल्लाका रिक्त पद पूर्ति गरेर पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment