1. ताजा अपडेट
Comments Add Comment
बद्रीविशाल पोखरेल
२०७५ असार २६ गते ६:३०
हि्जै् हो दरबरको भाट बनेर लोकतन्त्र सिध्याान मरिमेटेर लागेको अहिले पार्टीमा उपल्लो हैसियत पाइएन भनेर तथा नाम भन्न सुहाउंदैन,दरबारको रछान र जनताको दलानको कुनै फरक नदेख्ने मैनाली उहिलेका मैनाली होइनन्,भाट हुन्
सीताराम घले परियार
२०७५ असार २६ गते ४:४२
अादिकवि भानुभक्त अाचार्य प्रगतिशिल कवि होइनन्, गतिशिल कविचाहीँ अवश्य हुन् ।
Nirvik Poudel
२०७५ असार २५ गते २२:४५
यी मान्छेमा निकै कुण्ठा रहेछ।यी ओलीले पाएको सम्मानकोे कति ईष्र्या गर्दा रहेछन् देखियो।यिनका आदर्स पात्र उनी जस्तै कम्यूनिस्ट भडुवाहरू हुन जो पार्टीमा बदनाम बन्न समय लाग्दैन।
Prakash Rai
२०७५ असार २५ गते १०:२०
येस्तै हो भने देसको सासन प्रणाली २०४५ तर्फ फर्कन के बेर? जिम्मवार ब्यक्तिहरु सोच्दा हुन् फेरी जनता उठाएर ढुंगा मुडा गरि मनपरी तन्त्र बहाल गरौँला l तर, कोसीमा धेरै पनि बगी सको छ l हिज मुलुकमा पञ्चायत प्रणाली ढाली प्रजातन्त्र र माईला सरकारको एक दलिय सासनको अन्त गरि गणतन्त्र स्थापना गर्नलाई जुलुसमा हिड्ने खुट्टाहरु बुडा भई सके, निर्दलीय सासन प्रणालीको बिरुद्धमा ढुंगा हान्ने हातहरु गाली सके l नयाँ पुस्तालाई लिएर आन्दोलन गरौंला जस्तो लागेको छ भने तिनीहरु पनि त गाँस, बास, कपासको जोहो गर्न बिदेस तिर लागि सकेको छ l देसमा रहेका मुट्ठी भर युवाहरुले आन्दोलन त गर्ला तर ति अन्दोनल सामाजिक संजालमा मात्र सिमित हुनेछ l कारण यी युवाहरुले आफ्नै बाबु-काकाहरुले ढुंगा हानेर ल्याएको सासन प्रणाली देखेर वाक्क दिक्क भै सकेको छ l हामि बाबु-काका पिडिले त बिस्वकै सबै भन्दा राम्रो सासन प्रणाली तपाईं नेताहरुलाई हातै काटेर सुम्पेको छौं l हिफाजत गर्नु होस्, राम्रो संग संचालन गर्नु होस् l हनुमान ढोका डिएसपी कार्यालय र महेन्द्र पुलिस कल्बमा पाएको सास्तीहरुलाई जसरि हामि सगौरब सम्झना गर्छौं, हाम्रो गरौबलाई पश्चातापमा परिणत नगरी दिनु होला l
R_R
२०७५ असार २४ गते २२:१८
ye dostii hum nahi todenge toddiye aamaale magar tera saath na chhodenge,,, vabisya kasle dekheko chha ra oli kamred ma ni mantri banna pauchhu ki feri?? tesaile sano sujhab!!!
kriparam
२०७५ असार २४ गते २१:४५
भोट जितेर आएको बैधानिक सरकार लाई काम गर्न दिनेकी ? देशलाई अस्थिरता तिर धकेल्ने? १० बर्से काट मार, अशान्ति कति छिटो बिर्सेको ? आफ्नो राजनैतिक स्वार्थ हेर्ने कि , देसको उन्नति ??
Nepali
२०७५ असार २४ गते २०:३५
Bideshi ko isara ma chalne Congress lai power ma laijaau bhanera suggest garne lekh raixa. Nepal ko media corrupt x, sab lai thaha x. Janata le sab bujhxan, congress ko chor neta haru sab lai jail halde hunxa.

ओलीले स्वीकारेको घेराबन्दी ! अब तोड्ने कसरी ?

'अहमले ओलीजीलाई दिनदिनै अप्ठ्यारोमा पार्दैछ'


विश्वमा तानाशाही प्रवृत्ति दुई किसिमले बढ्ने रहेछन् । सैद्धान्तिकरुपले नै एकदलीय पद्दती, खासगरी कम्युनिष्टहरुले अपनाउँदै आएका छन् ।

एकदलीय पद्दतिमा मान्छेहरुले सजिलै सत्ताको आलोचना गर्न सक्दैनन् । सबैभन्दा बढी यो प्रवृत्ति रुसमा स्टालिनका पालामा आयो । अरुतिर पनि कम्युनिष्ट शासनमा यस्तो धेरथोर मात्रामा छ । चीनमा एकदलीय भए पनि अलि उदार आएको छ । तर, नेपालको बहुदलीय पद्दतिजस्तो चीनमा जे मन लाग्यो त्यो भन्न पाइँदैन । यो एउटा सैद्धान्तिक पद्दतिको अधिनायकवाद एक किसिमले आउने रहेछ ।

मैले अर्को के देखेको छु भने लोकतान्त्रिक काइदामै चलेका मान्छेहरु निजी महत्वाकांक्षा बढ्दै गएपछि अधिनायकवादतर्फ जाँदारहेछन् ।

अधिनायकवादको स्रोतः ओलीको महत्वाकांक्षा

एमाले कम्युनिष्ट पार्टी हुँदाहुँदै पनि बहुदलीय पद्दतिमा आयो, अहिले माओवादीसँग एकता भएको छ र देशको सबैभन्दा ठूलो पार्टी भयो । तर, केपी ओली र प्रचण्डहरुमा महत्वाकांक्षा बढ्दै आएको छ ।

उनीहरुमा महत्वाकांक्षा चरमचुलीमा बढेको हुनाले आफूभन्दा बाहिरका त परै छाडौं, आफ्नै पार्टीभित्रका सहयात्री पनि अलिकति आलोचनात्मक सोच राख्नेहरुप्रति सहमतै नहुने प्रवृति देखिएको छ ।

केपीले अंगालेको पार्टीको सिद्धान्तले त्यति धेरै निरंकुश हुने बाटो दिँदैन । तर, उनको निजी हीनतावोधले गर्दा उनमा दिनदिनै निरंकुशता बढ्दै आएको छ

सहमति कोसँग हुने भन्दाखेरि आफ्नो स्तुति गाउने जुनियर टीम, जो आफूले जे भन्यो, त्यही मान्छ । त्यस्ताहरुसँग लाडप्यार हुने तर आफ्नो आलोचना गर्नेसँग आन्तरिकरुपमै असहमति राख्ने नेकपाभित्र प्रवृत्ति बनेको छ । खासगरी ओलीजीमा यो प्रवृत्ति बढ्दै आएको छ ।

सैद्धान्तिकरुपले पनि ओलीजीलाई तानाशाही बन्न अलि सजिलो छ । अरु कम्युनिष्ट देशजस्तै त होइन, तर अलि सजिलो छ । त्यसमा पनि उनको व्यक्तिगत महत्वाकांक्षा बढेर आएको छ । उनले जे मन लाग्यो, त्यही बोल्न थालेका छन् ।

जस्तो- संसदबाटै पुस १६ गते पानीजहाजमा चढ्ने निम्तो दिए । त्यो सम्भव छ कि छैन ? यसमा कसले प्रश्न गर्ने ? पुस १५ गते पानीजहाज चलाउने योजना कसले बनायो ? प्राविधिक कसले त्यसलाई पुष्टि गर्‍यो ? काम के-के सुरु भयो ? यो प्रश्न त कसैले गर्नैसक्दैन । यसरी मनमा जे लाग्यो, त्यो भन्दै जाँदा महत्वाकांक्षा चरमचुलीमा पुगेको छ ।

अहिले जुन चिकित्सा विधेयक आएको छ, यदि पहिलेको अध्यादेशमा गल्ती नै थियो भने, त्यसलाई किन ‘रिपिट’ गरेको ? त्यसलाई रिपिट नै गर्नु हुँदैनथ्यो, ‘क्यान्सिल’ गर्नुपथ्र्यो । आफैंले रिपिट गर्ने अनि आफैंले संशोधन गरेर हिजोका मूलभूत कुराहरुलाई छाडेर अगाडि जाने जुन विधेयक ल्याइयो, त्यसले समस्या लिएर आयो ।

जस्तो- निशेधित क्षेत्र तोक्ने । निशेधित क्षेत्र तोक्नु राम्रो हो । तर, यही विषयमा प्रतिपक्ष नेपाली कांग्रेसलाई बोलाएर निशेधित क्षेत्र कहाँ राखौं, कहाँ नराखौं भनेर सल्लाह गरेको भए के हुन्थ्यो ? त्यो पनि यो वषर्ायामको बेला, कुनै आन्दोलनै थिएन ।

यसरी ओलीजीमा महत्वाकांक्षा बढ्दै आएको छ र त्यही महत्वाकांक्षाका कारण अधिनायकवादी सोच बढ्दै आएको छ । अहिले नेकपाका नेताहरुमा, खासगरी ओलीजीमा यो प्रवृत्ति अति बढेको छ ।

तपाई देख्नुहुन्छ, मन्त्रिमण्डलमा उहाँले सप्पै जुनियर मान्छेहरुलाई राखिएको छ । ती जुनियर पनि प्रखरखालका छैनन् । लागेका कुरा भनिहाल्ने योगेश भट्टराई, घनश्याम भुसाल, यसखालका मान्छे त त्यहाँ परेनन् ।

त्यहाँ विरोध भए पनि चुप लाग्ने अथवा थाहै नपाउनेखालको मण्डली बनाइसकेपछि त्यसबाट पार्टीभित्रकै अधिनायकवाद सुरु भएको छ । यसले बाहिर पनि प्रभाव पार्छ ।

पार्टीमा हिजो केपी ओली निकै निरीह थिए । स्वाट्टै माथि आएपछि उनलाई के लाग्यो भने हर व्यक्तिले मलाई हेप्छ । केपी ओलीमा यसप्रकारको हीनतावोध छ । यही हीनतावोधले उनलाई महत्वाकांक्षी बनायो ।

ओलीजीको निजी कुरो भन्ने हो भने उनीभित्र हीनतावोधको यति ठूलो पेटारो छ, त्यसले उनलाई महत्वाकांक्षी बनाएको छ । किनभने हर मान्छेले मलाई हेप्छ भन्ने उनलाई लाग्छ । आफूसँगका समकक्षी र आफूभन्दा सिनियर नेताहरुले हेप्छन् भन्ने भइसकेपछि त्यसलाई हेप्ने नहुनका निम्ति त त्यो भन्दा अजंग हुनुपर्‍यो । यो मेरो साथी हो भन्नुको साटो यसले मलाई हेप्छ भन्ने ठानिसकेपछि यसलाई दबाउनुपर्‍यो । यो प्रवृत्ति ओलीजीमा अगाडि आयो ।

केपीले अंगालेको पार्टीको सिद्धान्तले त्यति धेरै निरंकुश हुने बाटो दिँदैन । तर, उनको निजी हीनतावोधले गर्दा उनमा दिनदिनै निरंकुशता बढ्दै आएको छ ।

प्रधानमन्त्रीले स्वीकारेको ‘घेराबन्दी’

अहिले १५/२० दिनयता सरकार घेराबन्दीमा पर्दैछ । केपी ओली आफैंले पनि स्वीकारे । यसरी सरकार घेराबन्दीमा पर्दैछ भनेर उनी आफैंले स्वीकारेपछि घेराबन्दी तोड्न के गर्नुपर्छ त ? यसको योजना चाहियो नि । घेराबन्दीमा परेको ओलीले स्वीकारे । उनी घेराबन्दीमै छन् ।

एकपछि अर्को नचाहिने-नचाहिने इस्यु प्रधानमन्त्री आफैंले उठाउँदै आएका छन् । उनका विकासका अभियानहरु ५/१० वर्ष पछाडिका छन् । उनले पानीजहाजको कुरा गरुन् या रेलको कुरो गरुन्, ती पाँच वर्ष यता धेरै जनताले बुझ्ने गरी आउने ठाउँमा छैनन् ।

अहिलेको समस्या भनेको बाटोको हिलोदेखि लिएर जनजिविकाका समस्या हुन् । अस्ति भाषण गरेे, अब बाढीमा कोही मान्छे बग्ने छैनन् । चिसोमा कठांगि्रएर मर्ने छैनन् ।

तर, अहिले बाढीले मान्छे बगाएको बगाएकै छ ।

होला, बाढी प्रधानमन्त्रीकै कन्ट्रोलमा हुँदैन । तर, नचाहिँने-नचाहिँने फुटानी किन लाउनु ? यसले त मान्छेमा आश्वासन दिने अनि निराश बनाउने काम गर्छ । ठूला कुरा गरेपछि मान्छेमा आश्वासन भरिन्छ अनि पूरा नभएपछि निराशा हुन्छ । त्यो निराशाले विरोध सुरु गर्छ ।

यही भएर म के देख्छु भने प्रधानमन्त्रीले आफैं आफ्नो विरोधको स्वर चर्को बनाउँदै आएका छन् । यो. कुरा उनले म घेराबन्दीमा परेको छु भनेर बालुवाटार बैठकमा रियलाइज गरेको देखिन्छ । तर, रियलाइज गरिसकेपछि र त्यो घेराबन्दी तोड्ने उपाय खोज्नुपर्‍यो नि । तर, उपाय खोज्दैनन् । यसो गर्दा झन ठूलो घेराबन्दीमा परिन्छ ।

अहिले हेर्नुस् त निशेधित क्षेत्रका बारेमा उनले एउटा कुरा बोले, अदालतले अर्को कुरा बोल्दियो । यसले गर्दा साना-साना कुराले पनि ओली अप्ठ्यारोमा पर्ने स्थिति आयो । यो सबै उनमा बढेको अहमको परिणाम हो । अहमले नै उनलाई दिनदिनै अप्ठ्यारोमा पार्दैछ ।

घेराबन्दी तोडने उपायः कांग्रेससँग सहकार्य

म त के देख्छु भने अहिले कांग्रेस र कम्युनिष्ट मिलेर उनीहरुले विगतमा ल्याएका विकृतिहरु हटाउन लाग्नुपर्छ । एक्लै वामपन्थीले मात्रै विकृति हटाउँछु भन्यो भने कांग्रेस त्यसको विरोधमा जान्छ । अनि तनाव सुरु हुन्छ । त्यसैले कांग्रेस र कम्युनिष्ट दुईटैले हातेमालो गरेर अगाडि जाने वातावरण बनाउनुपर्‍यो । सबै समस्याहरुलाई कांग्रेस कम्युनिष्ट दुबैले हातेमालो गरेर हटाउनुपर्‍यो ।

किनभने, अहिले आएका जतिपनि विकृतिहरु छन्, कांग्रेस र कम्युनिष्ट दुईटैले अभियानका रुपमा भित्र्याएका हुन् । हिजो कांग्रेस र कम्युनिष्ट दुईवटै पक्ष भएर बिगारेको स्थिति छ । कर्मचारीतन्त्रमा राजनीतिकरण गर्नेदेखि लिएर सारा कुराहरु कांग्रेस र कम्युनिष्ट दुईवटै मिलेर बिगारेका हुन् । आज त्यसलाई सुधार्न पनि दुईटैको सहमति चाहिन्छ । एक्लै सुधार्न खोज्यो भने अर्कोले निरंकुशता भन्छ ।

अब नेकपाभित्र झगडा सुरु हुन्छ । अब त्यहाँ दुईवटा रेखाहरु कोरिन्छन् । एउटा ओलीपक्षीय र अर्को ओली विपक्षको रेखा कोरिन्छ

जस्तो- अहिले शिक्षामा जुन राजनीतिक बहाव छ, त्यसलाई कम्युनिष्टले मात्रै रोक्न खोज्यो भने त्यहाँ पनि समस्या हुन्छ । त्यो हिजो दुईवटै पार्टी मिलेर शिक्षाको परिवेश बिगारेका हुन् । कर्मचारीको परिवेश बिगारेका हुन् । त्यसैले यस्ता कुराहरु सच्याउन दुबै पक्ष मिल्नुपर्छ, सरकारले प्रतिपक्षलाई पनि मौन समर्थन गर्न बाध्य बनाउनुपर्छ । यसो गरेको भए यो निरंकुशता हाबी हुने प्रश्नै उठ्दैनथ्यो ।

पार्टीभित्रै पनि यसबारे छलफल गरेर आफ्ना सहयात्रीहरुसँग हातेमालो गरेर अगाडि जान सक्नुपथ्र्यो । त्यसदेखि बाहेक प्रतिपक्षसँग पनि खास मुद्दाहरुमा सहमति बनाएर अगाडि जानुपर्ने हुन्छ । यसो नगर्दा परिस्थिति भड्किन्छ भन्ने कुरा बुझ्नुपर्छ । तर, यसो नगरी मैले जे भन्छु, त्यही हुन्छ भनेपछि त त्यो त एक किसिमको निरंकुशतै भो नि ।

अहिले नेकपासँग जुन बहुमत छ, यो त शासनको एउटा विधि र प्रक्रिया हो । आम मानिसलाई सहमतिमा नलिई सरकार सफल हुन सक्दैन । जस्तो- अहिले कर्मचारीकै कन्ट्रोल गर्ने कुरा सत्ताले उठायो भने सक्दैन । यसबाट विरोधमा जाने मान्छेहरुलाई सजिलो हुन्छ ।

त्यसैले हिजो २०/२२ वर्ष बहुदल लागेपछि कांग्रेस र कम्युनिष्ट दुईवटै पक्षले धेरथोर विकृति समाजमा ल्याएका छन्, त्यसलाई हटाउन जसको बहुमत आए पनिप्रतिपक्षसँग हातेमालो गरिएन भने देशका समस्या सजिलै समाधान हुँदैनन् ।

मेरो दुई तिहाई भन्ने अहम र म एशियाकै नेता हुँ भन्ने फुटानीले सरकार अगाडि जान सक्दैन ।

नेकपाभित्र ओली भर्सेस प्रचण्ड

अब नेकपाभित्र झगडा सुरु हुन्छ । अब त्यहाँ दुईवटा रेखाहरु कोरिन्छन् । एउटा ओलीपक्षीय र अर्को ओली विपक्षको रेखा कोरिन्छ । त्यहाँ अब पश्चिमीहरुले प्रभावित पारेको एउटा ब्लक बन्छ । युरोपियनहरु र क्रिश्चियनहरुको प्रभावमा परेको एउटा टीम बन्छ । त्यसको खिलाफमा अर्को टीम बन्छ ।

अनेकौं कारणले केपी ओली इण्डियाको नजिकमा गएर पश्चिमाको पर जान खोज्छन् । इण्डियाले पनि उनलाई कति पत्याउला थाहा छैन । तर, पश्चिमा र नन पश्चिमाको वीचमा नेकपाभित्र अब एउटा रेखा कोरिँदैछ ।

पश्चिमाहरुको नेतृत्व भनेको त्यहाँ प्रचण्डले नै गर्ने हो । माधव नेपालजी त प्रचण्डको पछि नै हिँड्ने हुन् । माधवजी कता गएर आफूलाई फाइदा हुन्छ भनेर कहिले यता, कहिले उता गरेर अवसर खोज्दै हिँडेका छन् । अन्ततः उनको ठाउँ भनेको प्रचण्डकै कित्तामा हो । वामदेव गौतमजीको मलाई लाग्छ, त्यतिमाथिको पोजिसन हुँदैन । तर, जहाँ माधव त्यहीँ वामदेव हो ।

केपी ओलीको अहिले पार्टीमा तलदेखि माथिसम्म जुन पकड बनेको छ, माथिका नेताहरु केपीसँग अहिले तीन/चारजना मात्रै छन् । अब सुवास नेम्वाङ नै कहाँ आँप फल्ने हो, त्यो टिप्न कुदेका कुद्यै छन् ।

मलाई लाग्छ बाहिर हेर्दा जति सजिलो छ, स्थिति त्यति सजिलो छैन ।

(पूर्वएमाले नेता मैनालीसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment