Comments Add Comment

जहाँ पत्नीलाई लोग्नेको जुत्ताको पानी खुवाइन्छ


अहिलेको डिजिटल युगमा महिलाहरु पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेका छन् । पुरुषले गर्ने काम गर्न महिलाहरु सक्षम छन् । तर भारतमा एउटा यस्तो ठाउँ पनि छ जहाँ महिलाहरु नरकको जीवन भोग्न बाध्य छन् । अनि महिलाहरु केवल पुरुषको उपयोगिताको साधन बनिरहेका छन् ।

भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा महिलाहरुलाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ ।

गाउँमा रहेको बंक्याराणी माता मन्दिरमा महिलालाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर पिलाउने प्रथा रहेको छ । यसो गर्नाले शौभाग्य प्राप्त हुने र महिलाको शरीरबाट भूत उत्रिने विश्वास गरिन्छ ।

शरीरमा भूत पसेको आशंका भएसँगै महिलालाई उनीहरुका लोग्नेसँगै देवी मन्दिरमा लगिन्छ । त्यसपछि लोग्नेले आफ्नो खुट्टामा लगेको जुत्ता फुकाल्छन् । भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् । त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment