Comments Add Comment

नेताजीको अर्को हर्कत, मसानघाटमा बिताए रात

हालै पाकिस्तानमा एकजना नेताले चुनावी प्रचारको क्रममा ढलको पानीमा सुतेर फेसबुक लाइभ गरेको समाचार आएको छ । उता भारतका नेताजी चाहिँ अझै एक कदम अघि बढेर मसानघाटमै रात बिताएका छन् ।

भारतको आन्ध्रप्रदेशस्थित तेलुगु देशम पार्टीका सांसद् निम्मला रामा नायडूले हालै मसानघाटमा सुतेर रात बिताएका हुन् ।

आन्ध्रप्रदेशस्थित पश्चिम गोदाबरी जिल्लामा रहेको एउटा मसानघाटमा उनले रात गुजारे ।

मसानघाटस्थलमा भइरहेको निर्माण कार्यमा रोकावट नआओस् र मजदुरहरुमा भूतप्रेतका सम्बन्धमा रहेको अन्धविश्वास र डर हटोस् भन्नका लागि ती नेताजीले मसानघाट सुत्ने खाट लगेर त्यसमा ओछ्यान लगाएर रात बिताएका हुन् ।

आर्यघाटको पुनर्निर्माण चलिरहेको अवस्थामा मजदुरहरुले भूतको डरका कारण एकपछि अर्को गर्दै मजदुरले काम छाडेको विषयमा स्थानीय नगरपालिकाले जानकारी गराएपछि सांसदले यस्तो जुक्ति अपनाएका हुन् । सांसद निम्मला गत जुन २२ मा रातको समयमा सुत्ने खाट र विस्तारासहित मसानघाटमा एक्लै पुगे र उक्त ओछ्यानमा रातभर सुते । आफू अझै दुई तीनदिन मसानघाटमा बिताउने र यसो गर्दा मजदुरको मनमा भएको डर भाग्ने दाबी सांसदको छ ।

उता सांसदले मसानघाटमा एक्लै रात बिताएपछि मजदुरहरुमा डर हट्दै गएको र निर्माण कार्यले गति लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment