1. ताजा अपडेट
Comments Add Comment

अब नोकिया ८११० मा ह्वाट्सएप


नोकिया ब्राण्डका फोन निर्माता कम्पनी एचएमडी ग्लोबलले कम्पनीको नोकिया ८११० फोर जी फोनमा छिट्टै नै ह्वाट्सएप सपोर्ट उपलब्ध हुने घोषणा गरेको छ ।

कम्पनीले एक भिडियो टिजर मार्फत यसको खुलासा गरेको हो ।

बनाना फोनको नामले चर्चित नोकिया ८११० फोरजी मोबाइल वल्र्ड कंग्रेस २०१८ मा लञ्च गरिएको थियो । यो नोकिया ८११० को अपग्रेटेड भर्सन हो र स्मार्ट फिचर अपरेटिङ सिस्टममा चल्दछ ।

यो फोनमा प्रयोगकर्ताले गुगल असिस्टेन्ट, गुगल सर्च तथा गुगल म्याप्स जस्ता एपहरु प्रयोग गर्न सक्दछन् । अहिलेसम्म यसमा ह्वाट्सएप चलाउन सकिँदैन, तर निकट भविष्यमै यो फोनमा ह्वाट्सएप पनि चलाउने सकिनेछ ।

डुअल सिमयुक्त नोकिया ८११० फोरजी स्मार्टफोन स्मार्ट ओएसमा चल्दछ, जुन काइ अपरेटिङ सिस्टम हो । यसमा २.४५ इन्चको क्यूभिजिए २४० गुणा ३२० पिक्सेलको डिस्प्ले, १.१ गिगाहर्जको डुअल कोर क्वालकोम स्नापड्रागन २०५ प्रोसेसर तथा ५१२ एमबीको र्याम रहेको छ । यसमा २ मेगापिक्सलको एलइडी फ्लासयुक्त क्यामरा रहेको छ । धुलो तथा पानी प्रतिरोधकका लागि यसले आइपी ५२ को रेटिङ्ग प्राप्त गरेको छ ।

यो फोनमा ४ जिबीको इनबिल्ट स्टोरेज रहेको छ । यसमा फोरजी भिओएलटिइ, वाइफाइ तथा ब्लुटुथ कनेक्टिभिटी रहेको छ ।

लगातार फोनमा कुरा गर्दा यो फोनको ब्याट्री चार्ज ९.३२ घण्टा टिक्ने तथा एकपटक पूरा चार्ज गरी फोनमा कल नगरी राख्दा २५ दिनसम्म टिक्ने दाबी कम्पनीको छ । यो फोनको वजन ११७ ग्राम रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment