Comments Add Comment

सुशीलको ‘गुराँसहरू पलाँसहरू’ मेल्बर्नमा विमोचन

९ जुलाई, मेल्बर्न । सुशील चालिसेको पहिलो पुस्तक मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’को मेल्बर्नमा विमोचन गरिएको छ ।

एक कार्यक्रमका बीच भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख अतिथ्यता तथा विशेष अतिथी लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

प्रमुख अतिथि योन्जनले जहाँ भाबुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ भन्दै बिमोचित पुस्तकका लेखक चालिसेलाई बधाइ ज्ञापन गर्दै यो दिनले अझै सशक्त रुपमा कलम चलाउन हौसला प्रदान गरोस भनी शुभकामना व्यक्त गरेका थिए ।

भिक्टोरियाका नेपालीहरुको बीचको एकताको कारण यसले ठूला महत्वपूर्ण कार्यक्रम भब्यताका साथ गर्दै आएकोमा यहाँ साहित्यकारहरुको संख्या बढिरहेको आधारमा भिक्टोरिया नेपाली साहित्यको राजधानी बन्न सक्ने सम्भाबनातर्फ उनले मन्तब्य ब्यक्त गर्ने क्रममा इंगित गरे ।

बिमोचित पुस्तकको समालोचना गर्दै बिशेष अतिथि श्रेष्ठले देशमा बिद्यमान विसंगतिहरुप्रति सचेत रहँदै सामाजिक, राजनीतिक्, आर्थिक, धार्मिक सबै क्षेत्र समेटिएको मुक्तक संग्रहमार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल भएको बताए ।

मन्तब्य ब्यक्त गर्ने क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यको बिभिन्न क्षेत्रको चर्चा गर्दै बिदेशमा बस्ने नयाँ पुस्ताका बीच चक्रपाणी चालिसेको परिचय र महत्वलाई निरन्तरता दिने सेतुको रुपमा काम गर्ने उचाइ कायम गर्ने किसिमले नेपाली साहित्यलाई योगदान दिने सफलता बिमोचित पुस्तकका लेखकलाई मिलोस भन्ने शुभकामना ब्यक्त गर्दै पुस्तक प्रकाशन गरेकोमा बधाइ ज्ञापन गरे ।

लेखक सुशील पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती हुन् ।

कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गर्नु भएको थियो भने स्थानीय साहित्यकारहरु माधाव पौडेल, उत्तम पन्त, अनुपम पाठक (सायर), आशिष भेटुवाल, मनोज पौडेल, कृष्ण सापकोटा, आर्जन पौडेल, पार्वती पाहारी र ११ बर्षिय आँचल पौड्यालले आ-आफ्नो साहित्यिक रचना वाचन गरेका थिए ।

सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, न्यु कन्सेप्ट फाइनान्स, फ्लाई टु नेपाल र एभेरेस्ट अनलाइन स्टोरको प्रायोजन रहेको थियो ।

सेभेन एपिक इण्टरटेनमेण्ट तथा मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा आयोजित कार्यक्रमको सभापतित्व शंकर थापाले गरेका थिए भने पत्रकार एबं साहित्यकर्मी निरु त्रिपाठीले कार्यक्रमको उदघोषण गरेकी थिइन् ।

कार्यक्रममा मेल्बर्नका अधिकांश प्रमुख संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment