Comments Add Comment

फेसबुकको शेयर मूल्य अहिलेसम्मकै उच्च

पछिल्लो समयमा डाटा चोरी तथा बिक्रीको प्रकरणमा सर्वाधिक आलोचित भइरहेको सोसल साइट फेसबुकको लोकप्रियतामा कमी आएको भनिए पनि यसको शेयर मूल्य उकालो चढिरहेको छ ।

गत शुक्रबार फेसबुकको शेयर मूल्य २०३.२३ अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

फच्र्युन म्यागेजिनको रिपोर्ट अनुसार डाटा गोपनियताको समबन्धमा अमेरिकी तथा युरोपेली सरकारको तीव्र छानविन तथा आलोचनामा परेका कारण फेसबुकको शेयर मूल्यमा सन् २०१८ को सुरुवातताका केही गिरावट आएको भए पनि अहिले लगानीकर्ताहरु पुनः यसतर्फ आकर्षित भैरहेका छन् ।

साथै प्रियिमर लिगको लाइभ स्ट्रिम गर्ने सम्बन्धमा भएको सम्झौतासँगै लगानीकर्ताहरुले फेसबुकलाई झनै रुचाएका छन् । फेसबुकको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो खेलकुद लाइभ स्ट्रिमिङ्ग सम्झौता हो ।

दी टाइम्सका अनुसार फेसबुकले एसियाका थाइल्याण्ड, भियतनाम, क्याम्बोडिया तथा लाओसलगायतका देशमा सन् २०१९ देखि २०२२ सम्मको प्रियिमर लिगका सबै म्याचहरुको लाइभ स्ट्रिमिङ्ग गर्नेछ । यसका लागि फेसबुकले साढे २६ करोड डलर भुक्तान गरेको छ ।

स्मरणरहोस् सन् २०१२ मा सार्वजनिक कम्पनी बनेयता फेसबुकको शेयर मूल्यमा ४ सय प्रतिशतले वृद्धि भएको छ ।

वर्षको सुरुमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा मुछिएको फेसबुक पछिल्लोपटक भाइरसको समस्यामा परेको थियो । फेसबुकमा भाइरस आक्रमणका कारण झण्डै ८ लाख प्रयोगकर्ताको प्राइभेसी सेटिङ्गमा असर परेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment