Comments Add Comment

सशस्त्र प्रहरीका महानिरीक्षक खनाललाई पितृशोक


२५ असार, काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ ।

उनका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो ।

खनालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी मधुमेह र मिर्गाैला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो ।

उनको श्रीमती, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित तीन छोरा र १ छोरी छन् । स्वर्गीय खनाल नेपाल सरकारको पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment